कृषि पर्यटनलाई बढवा दिने उदेश्यसाथ भिटोफको रोपाई सम्पन्न

असार १८, नुवाकोट । नुवाकाटको तुप्चेमा असार १५ गते गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ)ले रोपाई कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकहरुलाई शहरबाट गाउँतर्फ केन्द्रित गर्नुपर्छ भन्ने मुल उदेश्य साथ यो कार्यक्रम गरिएको भिटोफका सचिव तथा महोत्सवका संयोजक बासुदेव पाण्डेले गन्तव्य नेपाललाई बताउनुभयो ।
भिटोफले यस अघिका वर्षहरुमा स्थानीय पर्यटन पर्वद्धनका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
महोत्सवको अवसरमा नेपाल पर्यटन बोर्ड सञ्चालक समिती सदस्य राजेन्द्र प्रसाद सापकोटाले नेपालमा कृषि पर्यटनको सम्भावना अथाह रहेको भन्दै यसलाई व्यावसायीक बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
रोपाई महोत्सवमा अध्यागमन विभागका महानिर्देशक केदार न्योपाने, नुवाकोट जिल्लाका सी डी ओ,एल डी ओ र पर्यटक सहित करिब ७ सय जनाको सहभागिता रहेको थियो ।
तपाईंको बिचार