Friday, June 23, 2017  |    

पर्यटन प्रहरीको अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: 2016/07/02
 फाइल फोटो
फाइल फोटो

असार १८, काठामाडौं । पर्यटन प्रहरीले हिजो राजधानीमा अभिमुखिकरण कार्यक्रम गरेको छ । पर्यटकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने र पर्यटन मैत्रि भावना विकास गर्ने लक्ष्यका साथ पर्यटक प्रहरी ईकाई भृकुटीमण्डपले कार्यक्रमको आयोजना गरेको हो  ।

प्रहरी निरिक्षक तथा भृकुटीमण्डप पर्यटन प्रहरी ईकाई प्रमुख तुलसा खतिवडाले पर्यटक र पर्यटन व्यवसायलाई सुरक्षित गर्दै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने  उदेश्यकासाथ पर्यटन प्रहरी लागिरहेको बताउनुभयो । कार्यक्रमका अन्य वक्ताहरुले वर्तमान पर्यटनको वर्तमान अवस्थाबारे जनानकारी गराउदैं पर्यटन क्षेत्र सुधारका सुझावहरु राखेका थिए । 
पुलिस क्लबमा सम्पन्न कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव प्रेम कुमार राई,पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य, नेपाल नागरिक उड्य प्राधिकरणका कर्मचारी,स्थानीय प्रहरी प्रमुख, अध्यागमन विभागका कर्मचारी तथा पर्यटन क्षेत्रमा सक्रिय संघ संस्थाका प्रमुखहरुको बाक्लो उपस्थिति रहको थियो ।  
हाल उपत्यकामा ५ ओटा पर्यटक प्रहरी कार्यलय छन् । भने उपत्यका बाहिर ११ ओटा पर्यटक प्रहरी कार्यलयहरु रहेका छन् ।   
 
 

 

तपाईंको बिचार