Saturday, June 24, 2017  |    

मनकामना मन्दिरको एक तला निर्माण सम्पन्न

प्रकाशित मिति: 2016/07/03
 तस्बिर न्युज सेवा डटकम
तस्बिर न्युज सेवा डटकम

असार १९, गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुनःनिर्माण कार्य दु्रत  गतिमा अघि बढाइएको छ ।  गत  वर्षको भूकम्पले क्षति पु¥याएको मन्दिरलाई  जग बाटै भत्काएर  पुनःनिर्माणको कार्य थालिएको छ । गएको असारदेखि मन्दिर भत्काउन सुरु गरिएको थियो भने भदौ महिनादेखि मन्दिरको पुनःनिर्माणको काम अघि बढाइएको थियो ।
एक वर्षको अवधिमा मन्दिरको एक तला निर्माणको काम सकिएको मन्दिर जीर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए । हालै वीरगन्जबाट पाँच सय क्यूफिट काठमा   बुट्टा भर्ने काम भइरहेको छ । भक्तपुरदेखि आएका कालीगढले झ्याल, ढोका, टुँडाल, थाममा बुट्टा भर्दै आएका छन् । अबको ५ महिनामै निर्माण पुरा गरिसक्ने लक्ष्य रहेको छ । 

  

तपाईंको बिचार