Thursday, March 23, 2017  |    

६ अर्ब लागानी सहित १ लाख पर्यटक भित्र्याउने लक्ष्य

प्रकाशित मिति: 2016/07/05

असार२१,सुर्खेत । सुर्खेत लगानी वर्ष–२०७३ को अवसर पारेर जिल्लामा ६ अर्बको लगानी र १ लाख आन्तरिक तथा बाह्य पर्यटक ल्याउने   लक्ष्य सार्वजनिक गरिएको छ ।  स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चको आयोजनामा हुन लागेको सुर्खेत लगानी वर्षमा १ हजार बिघाको औद्योगिक क्षेत्र शिलान्यास गर्ने चौकुने सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरएिको छ । 
‘लगानी वर्ष–२०७३ को आधार  दिगो आर्थिक समृद्धिको पूर्वाधार’ नाराका साथ सुर्खेत उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न निकायसँग सहकार्य गरी २०७३ लाई लगानी वर्षका रुपमा मनाउने योजना बनाएको संंघले जनाएको छ ।   

 सुर्खेत लगानी वर्षका लागि गठन भएको स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चको संयोजक स्थानीय विकास अधिकारी छन्। सरोकारवाला सबै निकाय र संघ–संस्था सदस्य छन्। लगानी वर्ष–२०७३ भित्र जिल्लामा आर्थिक विकासका हिसावले सम्भावना रहेको उच्च मूल्य कृषि, पर्यटन, खानीखनिज,पशुपालन, वनजन्य क्षेत्रलगायत सम्भाव्य क्षेत्रको विस्तृत अध्ययन पूरा गर्ने, लगानीका सम्भावना सम्बन्धमा कम्तीमा ५ वटा (ग्यास प्लान्ट, जडीबुटी प्रशोधन केन्द्र स्थापना, शीत भण्डारण स्थापना, मासु प्रशोधन केन्द्र, चौकुने सिमेन्ट, प्याराग्लाइडिङ) परियोजना सञ्चालन गर्ने लक्ष्य राखिएको संयोजकसमेत रहेका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। उनले सुर्खेत लगानी वर्षलाई सफल बनाउन १ करोड ४३ लाख ६० हजार खर्च हुने अनुमान गरिएको बताए।

तपाईंको बिचार