Wednesday, May 24, 2017  |    

६ बुंदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाईड सम्मेलन सम्पन्न

प्रकाशित मिति: 2016/07/05

असार २१, काठमाडौं । टुरिष्ट  गाईडहरुको छाता संगठन राष्ट्रिय टुरिष्ट गाईड एशोसिएन अफ नेपाल(टुर्गान)ले ६ बुंदे घोषणापत्र जारी गर्दै दोस्रो राष्ट्रिय टुरिष्ट गाईड सम्मेलन सम्पन्न गरेको छ ।   
दिगो पर्यटनका लागि व्यवसायीक दक्षता भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले पर्यटन क्षेत्रलाई दिगो बनाइराख्न पथपर्दशकहरुको बिमा गरिनुपर्ने, पथपर्दशकका लागि छुट्टै शैक्षिक व्यवस्था तयार गर्नुपर्ने, पथपर्दशकहरुलाई उचित पारिश्रमिकको व्यवस्था गरिनुपर्ने, टिप्सको व्यवस्था गरिनुपर्ने, पुरातात्विक क्षेत्रहरुको आधिकारीक अनुमति पाउनुपर्ने लगायतका मागसहितको घोषणा पत्र जारी गरेको छ ।   
आज राजधानीमा सम्पन्न सम्मेलनमा (टुृर्गान) का महासचिव हेमविक्रम शाहिले ६ बुँदे घोषणा पत्र जारी गर्दै यथासक्य छिटो मागहरुको सम्बोधन गरिनुपर्ने कुरामा जोड दिनुभएको हो ।
त्यस्तै कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले गाइडहरुका जायज मागहरु पुरा गर्न सरकार तत्पर रहेको बताउनुभयो ।
टुर्गानका अध्यक्ष नगेन्द्र चन्दले पथप्रदर्शकहरुको शिक्षा प्रणालीमा सुधार गरेर गाईड उत्पादनमा एकरुपता ल्याउनुपर्नेमा जोड दिनुभयो ।
एमाले केन्द्रिय सदस्य तथा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापाले गाईडहरुको जायज मागहरुको सम्बोधन गरिनुपर्ने बताउदै गाइडहरुलाई आफ्नो पेशाप्रति निष्ठावान हुन आग्रह गर्नुभयो ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन वोर्डको तर्फबाट टुरिष्ट गाईडहरुको दक्षता अभिबृद्धिको लागि प्रयास भइरहेको बताउनुभयो ।
त्यस्तै बरिष्ठ पर्यटन व्यावसायी एबं योगा एसोसिएसनका अध्यक्ष मोहन लम्सालले गाईडहरु दक्ष भएमा मात्र पर्यटन क्षेत्रको समुचित विकाश संभव रहेको भन्दै गाईडहरुको क्षमता अभिबृद्धिका लागि बिभिन्न खाले तालिमहरु आवश्यक रहेको बताउनुभयो ।
यसैविच टुर्गानले बिभिन्न विभागहरु सामेल १ सय ११ सदस्यिय राष्ट्रिय परिषद् समेत घोषणा गरेको छ । कार्यक्रममा विभिन्न पर्यटकीय संघसंस्थाका प्रतिनिधिका साथै राजनीतिज्ञ, पत्रकार र व्यावसायीहरुको उल्लेख्य उपस्थिीती रहेको थियो ।

 

तपाईंको बिचार