Friday, October 20, 2017

पर्यटन पर्वद्धनमा ग्ल्यामरलाई जोड दिनुपर्छ :राममणि सापकोटा

प्रकाशित मिति: 2016/07/08

असार २४, काठमाण्डौ । हिमालयन रक टेक्स एण्ड एक्सपिडिसन नेपाली रक टुरिजमको क्षेत्रमा स्थापित संस्था हो । यसैका सञ्चालक हुन राममणि सापकोटा, जो डेढ दशकदेखी ट्राभल एड्भेन्चरको क्षेत्रमा सक्रिय रुपमा प्रश्तुत भएका छन । लायन्स क्लब अफ नेपाल टुरिजममा समेत सक्रिय रहेका सापकोटाले विशेषतः पर्यटनलाई ‘सस्टेनेवल डेभलमेन्ट’ का तवरले प्रयोग गर्नुपर्नेमा जोड दिदै आएका छन ।

काभ्रे महादेवस्थान–२ मा पिता कृष्णप्रसाद सापकोटा र माता गंगा सापकोटाको कोखबाट बिक्रम संवत २०३३ सालमा जन्मेका राममणि सापकोटाको बिद्यालय तहको अध्ययन गाँउकै डेडीथुम्का माध्यामिक विद्यालयबाट सम्पन्न भएको हो । २०५० सालमा एसएलसी उत्तिर्ण गरेपश्चात उच्च शिक्षाका लागि काठमाण्डौ प्रवेश गरे ।   सुरुवाती दिनमा अध्ययन खर्च जुटाउनकै लागि बाध्यात्मक परिस्थीतिमा पर्यटन क्षेत्र सम्बन्धीत संस्थाहरुमा काम गर्दै अगाडि बढेको बताउने सापकोटाको लागि आजको दिनमा यही क्षेत्र उनको परिचय र व्यावसायिक जिवनमा परिणत भएको छ । ०५१ सालमा आइकम अध्ययन गर्दैगर्दा गाँउकै चिनजानको साथीमार्फत एक होटलमा रिसेप्सनिष्ट भएका सापकोटा त्यसपछिका दिनमा ०५७ सालमा स्नातक अध्ययन पुरा गरेपछि काठमाण्डौ प्रिन्टमा म्यानेजरका रुपमा समेत कार्य गरे । यसरी निरन्तर अगाडि बढ्दै गर्दा सुरुमा संयुक्त लगानीमा २०६० सालमा हिमालयन ट्रेक्स एण्ड एक्सपिडिसन नामक एण्ड्भेन्चर टुरीजममा पाईला राखेका सापकोटाको उक्त व्यावसाय आजको दिनमा एकल स्वामित्वमा स्थापित भएको छ । विशेषतः मनाङ, मुस्ताङको रक एड्भेन्चरको अनुभव गर्न चाहने पर्यटकहरुको लागि उनको यो संस्था बरदान नै सावित भएको छ भने रियल वाईल्डलाईफका नामबाट चितवन, बर्दिया लगायतका स्थानको प्राकृतिक यात्राको प्रवद्र्धनमा समेत सापकोटा सक्रिय छन । यतिमात्र हैन मुलुकको पर्यटन पर्वद्धनकै लागि विदेशमा गएर समेत उनले विशेष प्रचार गर्न भ्याएकै छन ।
पर्यटन क्षेत्रको बिकाशमा राज्यको निति सकारात्मक हुन नसकेको बताउने सापकोटा न्यूनतम रुपमा पर्यटनमा तिनवटा पक्षमा मात्रै ध्यान दिएको खण्डमा पनि नेपाली पर्यटन विशेषतः रक पर्यटन स्थापित हने बताउँछन । डोल्पा, मुस्ताङ लगायतका उच्च हिमाली र पहाडी क्षेत्रमा पुग्ने यातायातको भरपर्दो व्यावस्था, वेलावखतमा उच्च विदेशी कुटनितिज्ञ, राजनितिज्ञ, मोडल र ग्ल्यामर क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुलाई ति स्थानहरुमा भ्रमण गराउन सके स्वतः ति व्याक्तिसँगै जोडिएर आउने स्थानहरुको पनि अन्तर्राष्ट्रिय मिडियाहरुमा प्रचार हुन सक्ने र यसले नेपालको पर्यटन बजार अझ फराकिलो बन्ने उनको बुझाई छ । यस्तै मास पर्यटनको अवधारणामा टेकेर राज्यको निति निर्देशित भएको खण्डमा पर्यटनको प्रचुर संभावना बास्तवमै उपयोगी हुन सक्ने सापकोटा बताउँछन ।
पर्यटनमा उनले पुर्याएको योगदानकै कारण दर्जनौ संघसंस्थाबाट सम्मानित सापकोटा सुरुवाती दिनमा जागिरे मानसिकताका रुपमा यस क्षेत्रमा प्रवेश गरेपनि आजको दिनमा भने पर्यटनमा लागेर थोरवहुत रुपमा देशको पर्यटन पर्वद्धन गर्न पाएकोमा गर्व लाग्ने गरेको बताए ।

तपाईंको बिचार