Saturday, August 19, 2017  |    

नारायणगढ मुग्लिन सडक खण्डको पहिरोले चितवन आउने पर्यटक घटे

प्रकाशित मिति: 2016/07/09

असार २५,काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा दिनहुँको पहिरोले यात्रुहरु जोखिम मोल्न बाध्य भएका छन्  । भने चितवनको सौराहामा आउने पर्यटकको संख्या हवात्तै घटेको छ । वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दीले थलिएको सौराहामा आन्तरिक र बाह्य पर्यटकको आवागमनमा केही सुधार भइरहेका बेला पहिरोले पर्यटकको संख्या घट्को छ ।  

 

चितवनलाई मुलुकको तेस्रो पर्यटकीय गन्तव्य मानिन्छ । यहाँ वन्यजन्तु अवलोकन र हात्ती सफारीका लागि पर्यटक आउँछन् । निकुञ्ज घुम्ने पर्यटकको संख्या पनि उत्साहजनक छैन । चैतमा समान्य सुधार देखिएको संख्या वैशाखपछि निरन्तर ओरालो लागेको होटल व्यवसायी बताउँछन् । गत वर्ष वैशाखमा भूकम्पले पर्यटन सुक्यो । त्यसपछि भदौमा नयाँ सिजनपछि पर्यटन पहिलेकै अवस्थामा र्फकनेमा व्यवसायी ढुक्क थिए ।  

यसअघि सौराहा र चितवन निकुञ्ज घुम्न एक सिजनमा २ लाखभन्दा बढी पर्यटक आउने गरेको तथ्यांक छ । पछिल्ला दुई महिनामा ५ हजार पर्यटक मात्र चितवन पुगेको तथ्याङक छ ।   गत आर्थिक वर्षमा पर्यटकको संख्या १ लाख ७८ हजार पुग्यो ।    

चालू वर्षको साउनदेखि जेठसम्म निकुञ्ज घुम्ने पर्यटक ८१ हजार ८ सय १३ छन् । असारमा मात्र १० हजार पुगेको छ । आर्थिक वर्ष ०५४र५५ मा पहिलोपटक एक लाख पुगेको थियो । त्यसअघि वाषिर्क ९६ हजार ६२ पर्यटक आएका थिए । पर्यटक आउन नसेकाले पछिल्लो समय सौराहाको व्यवसाय आधा घटेको छ । यहाँ १ सयभन्दा बढी ठूला, साना होटल निर्माण भएका छन् । यीमध्ये ३० भन्दा बढी सुविधासम्पन्न छन् । नयाँ तथा ठूलठूला होटल रेस्टुरेन्ट निर्माण हुने क्रम जारी छ । पछिल्लो अवस्थाले बढेको व्यवसायी घाटाले बैंकमा व्याजसमेत बुझाउन नसक्ने अवस्थामा रहेको व्यवसायीहरू दुखेसो पोख्छन् । पहिराले सवारी अवरुद्ध हुन थालेपछि न्यून मात्रामा पर्यटकहरू हवाईमार्ग भएर आउने गरेका छन् । त्यसरी आउने पर्यटक निकै कम छन् । मुलुकमा अघिल्लो वर्ष ९ लाख पर्यटक भित्रिएका थिए ।  

तपाईंको बिचार