Thursday, March 23, 2017  |    

हिमाली क्षेत्रको पर्यटनलाई जोखिम मुक्त बनाउन ट्रेड युनियनहरु सक्रिय

प्रकाशित मिति: 2016/07/09

असार २५,काठमाडौं । उच्च हिमाली क्षेत्रमा आइपर्ने   जोखिम न्युनिकरण गर्ने र पर्यटनलाई नेतृत्वदायी भुमिकामा ल्याउन राजनीतिक दल सम्बद्ध टे«ड युनियनहरु लागि परेका छन् । आज राजधानीमा पर्यटन सम्बद्ध विभिन्न ४ ओटा राजनीतिक दल निकट ट्रेड युनियनहरुले उच्च हिमाली क्षेत्रमा आइपर्ने जोखिम न्युनिकरण र नेतृत्व अभिमुखिकरण तालिम सञ्चचालन गरेका छन् । 
असार २८ गते सम्म सञ्चालन हुने उक्त तालिम नेपाल ट्राभल ट्रेकिङ एण्ड एअर लाइन्स मजदुर युनियन(एमाले), अखिल नेपाल पर्यटन मजदुर संघ(माओवादि केन्द्र), नेपाल पर्यटन श्रमिक संघ (कांग्रेस) र अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ (वैद्य)ले संयुक्त रुपमा आयेजना गरेका हुन । 
अभिमुखिकरण तालिमको उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले हिमाली क्षेत्रको ज्ञानको अभावमा पर्यटकहरु हराउने र मृत्यु हुने क्रम बढिरहेको अवस्थामा यस्ता तालिमहरुले हिमाली क्षेत्रमा आइपर्ने समस्याहरुको निराकरणमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्दै बोर्डले पर्यटन क्षेत्रका सेवा प्रदायक संघ संस्थाहरुसंग पर्यटनको विकास र प्रर्वद्धनमा सहकार्यलाई तिव्रता दिने बताउनुभयो । 
त्यस्तै नेपाल पर्यटन बोर्ड संञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुलाई अभिमुखिकरण तालिमहरुको खाँचो रहेको औल्याउदैं बोर्डले यस्ता कार्यक्रमहरुलाई सहयोग गर्ने विश्वास दिलाउनुभयो ।     
 नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डेले हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमको न्युनिकरण गर्दै मजदुरहरुलाई जोखिमको सामना गर्न सिकाउने उदेश्यसाथ अभिमुखिकरण तालिम संञ्चालन गरिएको बताउनुभयो । साथै आगामि दिनहरुमा समेत पर्यटन क्षेत्रका समस्याहरुलाई न्युनिकरण गर्न यस्ता कार्यक्रमहरुलाई तिव्रता दिने बताउनुभयो । 
नेपाल ट्राभल ट्रेकिङ एण्ड एअर लाइन्स मजदुर युनियनका अध्यक्ष सुमन पराजुलीले पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुलाई यस्ता तालिमहरले  काम गर्ने हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र पर्यटन विभागले पर्यटन क्षेत्रमा कार्यरत मजदुरको सिप विकास र हकहितका लागि संयुक्त रुपमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो । 
 चार दिन सम्म सञ्चान हुने उक्त अभिमुखिकरण तालिममा १२० जना प्रशिक्षार्थी सहभागि रहनेछन्  भने उच्च हिमाली क्षेत्रका जानकार डी बी कोइराला,पशुपति न्यौपाने, के बी मानन्धर, ज्ञानेश्वर महतो लगायत ४ ओटै ट्रेड युनियनका अध्यक्षले प्रशिक्षण दिने बाताइएको छ । 

 

तपाईंको बिचार