Tuesday, October 17, 2017

रामशरण थपलियाको संयोजकत्वमा ११ सदस्यीय ‘टुरिजम म्यान अफ दि इयर अवार्ड’ छनौट समिती गठन

प्रकाशित मिति: 2016/07/09

असार २५, काठमाडौं । गन्तव्य नेपाल पब्लिकेशनद्धारा प्रकाशित गन्तव्य नेपाल साप्ताहिकले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘टुरिजम म्यान अफ दि  इयर अवार्ड’ छनौट समिती गठन भएको छ । ‘टुरिजम म्यान अफ दि इयर अवार्ड २०१६’ छनोटको लागि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाको संयोजकत्वमा  ११ सदस्यीय छनोट समिती गठन भएको हो । 

गन्तव्य नेपालको कार्यालय कमलादिमा बसेको संञ्चालक समितीको बैठकले रामशरण थपलियाको संयोजकत्वमा नेपाल वायु सेवा निगमका संञ्चालक समिती सदस्य निमा नुरु शेर्पा, नेपाल एशोसिएशन अफ ¥याफटिङ एजेन्सिज (नारा)का अध्यक्ष चन्द्र दाहाल, नेपाल टुरिष्ट भेइकल एशोसिएशन (एनटीभीए)का अध्यक्ष सांगे लामा, टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान)का अध्यक्ष नगेन्द्र चन्द, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, नेपाल योग एशोसिएशनका उपाध्यक्ष कुमार थापा, गणेश हिमाल विकास समितीका अध्यक्ष कुल बहादुर गुरुङ, यम्पल ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक लेखनाथ भण्डारी, गोरखापत्र दैनिकका उपसम्पादक शरदराज सुवेदी र न्युज २४ टेलीभीजनका समचार संयोजक प्रेम बानियाँलाई  छनौट समिती सदस्यमा मनोनयन गरेको छ । 

गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले ‘टुरिजम म्यान अफ दि इयर अवार्ड’ पर्यटन क्षेत्रकै एैतिहासिक र सानदार अवार्ड भएको बताउदैं समग्र पर्यटन क्षेत्रको सुझ बुझ गरेर अवार्ड छनोट समिती गठन गरिएको बताउनुभयो । साथै अधिकारीले समितीलाई टुरिजम व्यक्तित्व छनोट गरि सिफारिस गरिदिनहुन आग्रह गर्नु भएको छ । 

पब्लिकेशनले सन् २०१० देखि निरन्तर रुपमा छनौट समिती गठन गरेर यो अवार्ड प्रदान गर्दै आइरहेको छ । पर्यटन क्षेत्रमा चिरपरिचित व्यक्तित्व, एक वर्षको अवधिमा पर्यटन क्षेत्रको बृद्धि र विकास संगै पर्यटनमा नयाँ कामगरेको र फौजदारी अभियोग नलागेको व्यक्तित्वलाई यो अवार्ड प्रदान गर्ने प्रावधान रहिआएको छ । 

‘टुरिजम म्यान अफ दि इयर २०१६’ अवार्ड गन्तव्य नेपालको १२औँ वार्षिकोत्सवको अवसर पारेर आगामि साउन १८ गते प्रदान गरिने कार्यक्रम तय भएको छ । 

 

तपाईंको बिचार