Thursday, April 27, 2017  |    

चीनलाई गैंडा उपहार

प्रकाशित मिति: 2016/07/10

असार २६,काठमाडौं । सरकारले विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा चीनलाई उपहार दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चीनलाई दुईवटा भाले र दुईवटा पोथी गैंडा उपहार दिने निर्णय गरेको हो । विश्वमै दुर्लभ मानिने एकसिंगे गैडा उपहार स्वरुप चीनलाई दिने निर्णय भएको विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ । 
गत चैतमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला चिनियाँ वनमन्त्रीले गैंडा दिन आग्रह गरेका थिए। चिनियाँ आग्रहपछि सरकारले दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको हो।

 

तपाईंको बिचार