Friday, October 20, 2017

टानका कोषाध्यक्ष लिला वल्दबलाई स्पष्टिकरण सोधियो

प्रकाशित मिति: 2016/07/13

असार २९,काठमाडौं । ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) केन्द्रिय कार्यसमितीले टानका कोषाध्यक्ष लिला वल्दब दाहालको कार्य सम्पादन सन्तोषजनक नरहेको भन्दै स्पष्टिकरण सोधेको छ । आज टानको सचिवालयमा बसेको कार्यसमिती बैठकले दाहालको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै ७ दिन भित्र स्पष्टिकरण दिन आदेश दिएको छ । 

गत असोजमा कोषाध्यषमा निर्वाचित भए यता दाहालले गरेका सम्पुर्ण गतिविधिहरुको अध्ययन गरेर दाहाललाई स्पष्टिकरण सोधेको टानले बताएको छ ।  
टानले दाहालले संस्थाको आर्थिक गतिविधी संन्चालनमा असहयोग गरेको, अध्यक्ष र महासचिवको निर्णय अटेर गरेर आर्थिक व्यवस्थापन डामाडोल गरेको, आर्थिक गतिविधिका बारेमा सदस्यलाई जानकारी नगराएको विषयमा लिखित रुपमा जवाफ मागेको छ ।

टानले दाहाललाई आफ्नो विकल्प खोज्न समेत सुझाएको छ ।  “तपाई आफ्नो कार्य सम्पादन गर्न असमर्थ रहँदा संस्थाले अन्य विकल्प खोज्नुपर्ने भए के विकल्प हुन सक्छ ?” भन्ने समेत  सोधिएको छ । 

साथै दाहालले विधानको पालना नगरेको, सामाथ्र्य संगको सहकार्यमा गरिका परियोजनाहरुको पेश्की फछ्र्याैट नगरेको, संस्थाको लेखा परिक्षण प्रतिवेदन सन्तोषजनक नरहेको,  कार्यलयमा उपस्थित नहरहेको, संस्थालाई अनिर्णयको बन्दि बनाएको लगाएतका १४ ओटा विषयमा ७ दिन भित्र स्पष्टिकरण दिन आदेश दिएको छ ।  

 

तपाईंको बिचार