Tuesday, August 22, 2017

बलराम न्यौपानेको नेतृत्वमा रसुवा नुवकोट पर्यटन समाजको १९ सदस्यीय कार्यसमिती घोषणा

प्रकाशित मिति: 2016/07/14

असार ३०, काठमाडौं । रसुवा नुवाकोट क्षेत्रको पर्यटन प्रर्वद्धनार्थ स्थापित रसुवा नुवाकोट पर्यटन समाजले आफ्नो केन्द्रिय कार्य समिती बिस्तार गरेको छ । समाजको आज राजधानीमा बसेको भेलाले १९ सदस्यीय कार्यसमिती बिस्तार गरेको हो । रसुवा र नुवाकोटको पर्यटन उद्योगलाई सबल बनाउने उदेश्यसाथ समाजले वरिष्ठ उपाध्यक्षमा शिव लामिछाने, उपाध्यक्षहरुमा दिनेश लामा, केदार तामाङ्, अम्बिर गुरुङ र सन्तोष न्यौपानेलाई चयन गरेको छ । 
त्यसै गरि महासचिवमा शिव अधिकारी, उप महासचिवमा भुवन आचार्य, सचिवमा बासु पाण्डे, कोषाध्यक्षमा दिनेश तामाङलाई चयन गरेको छ । भने सदस्यहरुमा रितु ग्यान्दाम, बिन्दा कुमारी पौडेल(न्यौपाने), रिता लामिछाने, मिन बहादुर अधिकारी, कृष्ण पाण्डे, इश्वर गुरुङ, गगन राज न्यौपाने, विपिन तामाङ र प्रेम तिम्सेनालाई निर्वाचित गरेको छ ।  
समाजका अध्यक्ष बलराम न्यौपानेले रसुवा र नुवकोटका पर्यटन व्यवसायीलाई गोलबद्ध गरि पर्यटन प्रर्वद्धनमा सशक्त रुपमा  लाग्ने बताउदैं समाजलाई   थप चलायमान  बनाउन कार्य समिती बिस्तार गरिएको बताउनु भयो । साथै न्यौपानेले सम्पुर्ण  कार्य समिती सदस्यलाई रसुवा र नुवाकोटको पर्यटन सम्भाव्यता अध्ययनमा लाग्न समेत आग्रह गर्नु भयो ।   
समाजको भेलाले वरिष्ठ पर्यटन व्यवसायी विक्रमा पाण्डे, चेतनाथ अधिकारी, सुमन पाण्डे, दिपक महत, श्याम केसी, लोप्सान लामा, मधुसुदन आचार्य, अच्युत गुरागाई, सम्भुराज पाठक र बैकुण्ठ पाण्डेलाई सल्लाहकार समितमिा मनोनयन समेत गरेको छ ।      

 

तपाईंको बिचार