Friday, March 24, 2017  |    

उचित स्पष्टिकरण नदिए टान कोषाध्यक्ष दाहाललाई कानुनी उपचार गरिने

प्रकाशित मिति: 2016/07/14

असार ३०, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले बर्तमान कोषाध्यक्ष लिला बल्लब दाहाललाई न्यायोचित भुक्तानि नगरेको भन्दै स्पष्टिकरण सोधेको छ । टानको हिजो बसेको कार्यसमितिको बैठकले कोषाध्यक्ष दाहालले अनुचित रुपमा भुक्तानि नदिएको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । टानले ७ दिनभित्र आरोपित दाहाललाई संस्थाको सचिवालयमा लिखित रुपमा स्पष्टिकरण बुझाउन निर्देशन जारी गरेको हो । आरोपित दाहालले भने टानका अध्यक्ष र महासचिवले मनोमानी ढंगले आफुखुसी बैठक राखी चरित्र हत्या गर्ने कोशिस गरेको भन्दै आपत्ति जनाएका छन् । उता टानका महासचिव कर्ण बहादुर लामाले दाहालको आरोप निराधार भन्दै आफुहरुले सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी अनुसार संस्था चल्नुपर्नेमा जोड दिएको भन्दै हरेक एजेण्डा माथीको छलफल कार्यसमितिको बैठकमा छलफल गरी अघि बढाइएको गन्तव्य नेपालसँगको कुराकानीमा बताए । हरेक निर्णयहरु सदस्यहरुमा प्रवाहित गरेको समेत लामाको भनाइ छ ।

यसअघि टानमा रहेको खर्चको अपरादर्शी बेरुजु तथा कैफियतहरु माथी अख्तियारले समेत छानविन गरिरहेको अवस्थामा यस कुराहरुलाई ढाकछोप गर्नका निम्ति केही पुर्वकार्यसमितीका पदाधिकारीको निर्देशनमा परिचालित भई टानलाई धरासायी बनाउने काम भइरहेको प्रति टानले आपत्ति जनाएको छ । दाहालले दर्जनौ पत्रकारहरुका चेकहरु सुनियोजित रुपमा भुक्तानी नगरेको, संस्थाले आयोजना गरेको लाङटाङ म्याराथनमा सञ्चार खर्च नदिएर संस्थाको बदनामी गरेको घटनाले समेत दाहालको रवैया प्रष्ट हुने टानले आरोप लगाएको छ । यिनै घटनाक्रमका आधारमा दाहाललाई स्पष्टिकरण सोधिएको र जवाफ चित्त नबुझेमा कानुनी उपचार खोजीने समेत टानका महासचिवले बताएका छन् । उहाँले दाहालको बजारीकरण अर्नगल प्रचारको कुनै तुक नरहेको र स्वयम दाहालले नै नराम्रो मुल्य चुकाउनु पर्ने बताउनु भयो ।

 

 

 

तपाईंको बिचार