Thursday, March 23, 2017  |    

भ्रष्ट्राचार रोक्न खोज्दा टान नेतृत्व ममाथी खनियो : लिलाबल्दब दाहाल

प्रकाशित मिति: 2016/07/15

असार ३१ , काठमाडौं ।  ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का बर्तमान कोषाध्यक्ष लिलाबल्दब दाहालले टानको नेतृत्वमा निरंकुशता हावी भएको आरोप लगाएका छन ।

दाहालले टान कार्यसमितिमा बसेर न्यायोचित भुक्तानि नदिएको भन्दै टान कार्यसमितिले दाहाललाई बुधवार ७ दिनभित्र स्पष्टिकरण बुझाउन आदेश दिएको थियो । दाहालले भने टान कार्यसमितिको बैठकमा अध्यक्ष र महासचिवले एकलौटी रुपमा निर्णय गरेकोमा असन्तुष्टी जनाउदै नोट अफ डिसेन्ट नै जारी गरेका छन् । गन्तव्य नेपालसँगको कुराकानीमा कोषाध्यक्ष दाहालले टान नेतृत्वले आफ्नो चरित्र हत्या गरेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताए । यसका साथै सम्पुर्ण पर्यटन व्यावसायी तथा पदयात्रीहरुलाई यस्ता अनर्गल प्रचारमा नलाग्न समेत उनले आग्रह गरे ।
बैठकमा भएका छलफलमा धेरै कुरा हरु एकलौटी ढंगबाट चल्न खोजेको र अपारदर्शी खर्चहरुमा हस्ताक्षर गर्न दबाब दिदै आफुलाई कमजोर पार्न ठुलो चलखेल भएको दाहालले बताएका छन् । गत असोजमा कोषाध्यषमा निर्वाचित भए यता टानले गरेका सम्पुर्ण गतिविधिहरुको अध्ययन गरेर उनीहरुको गतिविधि आफुलाई ठिक नभएको दाहालले बताएका छन् ।
टानको विधानमा उल्लेख भए बमोजिम टानका अध्यक्ष, महासचिव र कोषाध्यक्षको आपसी सहमति गरेर निर्णय गर्ने भएपनि नयाँ कार्यसमिति चयन भएको लामो समयसम्म पनि   कुनै सरसल्लाह नै नगरी अध्यक्षले आफु अनुकुल निर्णय गर्ने गरेको दाहालको आरोप छ । टानमा हुने गरेको भष्ट्रचार रोक्न खोज्दा आफुविरुद्ध टान खनिएको भन्दै दाहालले आपत्ति जनाए ।   

 

तपाईंको बिचार