Monday, April 24, 2017  |    

त्रिभुवन विमानस्थल सोचेअनुरुप सुधार भएन ः मन्त्री पोखरेल

प्रकाशित मिति: 2016/07/18

साउन ३, काठमाडौं ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि पटकपटक प्रयास गर्दा पनि सोचेअनुरुप सुधार हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल बताए।

विमानस्थल सुधारका कार्यहरुको निरीक्षणका लागि आज विमानस्थल पुग्नुभएका मन्त्री पोखरेलले सोचेअनुरुप सुधारका कामहरु हुन नसकेको बताए।

“विमानस्थल भन्नेबित्तिकै मूल ढोकादेखि प्रस्थान, आवागमनलगायत सबै ठाउँमा सफा, व्यवस्थित र राम्रो व्यवहार हुन आवश्यक छ”, उनले भने । मन्त्री पोखरेलले विमानस्थलमा सुधार भनेर कुनै एक स्थानको मात्र नभएर ठाउँदेखि कर्मचारीको व्यवहारसम्म राम्रो हुनुपर्नेमा जोड दिए।

मन्त्री पोखरेलले भने, “शौचालय मात्र हैन सबै ठाउँ सफा हुनुप¥यो, कर्मचारीको रुखोपनमा मिठास आउनुप¥र्यो, चोरी नियन्त्रण हुनुप¥यो।”

विमानस्थलमा हुने गरेको विकृतिका बारेमा जनगुनासो आएपछि गत जेठ ३२ गते प्रधानमन्त्री ओलीले पनि विमानस्थलको आकस्मिक निरीक्षण गरेका थिए ।

 

तपाईंको बिचार