Monday, October 23, 2017

नारायणहिटी संग्राहलयका ऐतिहासिक महत्वका तस्वीर गायव

प्रकाशित मिति: 2016/07/19

साउन ४ , काठमाडौं । नारायणहिटी दरबारमा रहेका नेपालको इतिहासका विभिन्न कालखण्ड झल्कने ऐतिहासिक कला सृजना तथा तस्विरहरु गायब हुन थालेका छन् । भने कतिपय कला हरु  उचित संरक्षणको अभावमा नष्ट हुने खतरा बढ्दै गएको छ । संग्रहालयभित्र एउटा ग्यारेजमा अव्यवस्थित रुपमा थन्काइएका यस्ता सामग्रीहरुप्रति सम्बन्धित निकायले चासो नदेखाएको संग्राहलयका कर्मचारीले बताएका छन् ।  

तस्विर र कलाकृति राखिएको ठाउँमा पानी चुहिने र भएकोले आधा भन्दा धेरै तस्वीरहर नष्ट भइसकेका छन् ।  
परराष्ट्र मन्त्रालय बसेको हाता नजिकै एउटा भुईँतले कोठामा यस्ता तस्विर र कलाकृति छरपस्ट पारेर राखिएका छन्  
 
विभिन्न विदेशी पाहुनाहरु नेपाल आउँदा, तत्कालीन राजाहरुले विभिन्न ठाउँहरु भ्रमणमा जाँदा, तत्कालीन प्रधानमन्त्रीहरुले राजालाई भेटदा र अरु ऐतिहासिक घटनासंग सम्बन्धित तस्बीरहरु दरबारमा संकलन गरेर एलबमहरुमा राखिएको थियो। यसैगरी राजा त्रिभुवनले टुडिखेलमा उभिएर भाषण गर्दा, महेन्द्रले महेन्द राजमार्गको उद्घाटन गर्दा बाटो खनिरहेको फोटो पनि संकलन गरेर राखिएको थियो।
त्यसैगरी वीरेन्द्रको पालादेखि संकलन गरेर राखिएका शाही विषयवस्तुका डकुमेन्ट्री र भिडियो फुटेजहरु पनि दरबारमा संकलन गरेर राखिएको छ।

सुरुमा नारायणहिटी दरबारकै मंगल सदन छेउको एउटा ग्यारेजमा ती तस्वीहरुलाई डम्पिङ गरेर राखियो। त्यतिखेर नै तीमध्ये केही नष्ट भए। ‘ऐतिहासिक तस्बिरहरुलाई एउटा सुरक्षित कोठामा लैजाने पहल कसैले गरेन,’ नारायणहिटी दरबारमा काम गरेका एक अवकाशप्राप्त कर्मचारी भन्छन् ।  ‘गणतन्त्र आएपछि राजा ज्ञानेन्द्रले दरबार छोडेर जाँदा पनि उनले केही महत्वपूर्ण तस्विरहरु आँफैसँग लगेका थिए।’

 

तपाईंको बिचार