Monday, August 21, 2017  |    

ध्रुव सिंखडाद्धारा भिटोफ नेपालको अध्यक्षमा उमेद्धवारी दिने घोषणा

प्रकाशित मिति: 2016/07/19

साउन ४, काठमाण्डौ । गाँउ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ नेपाल)को आगामि साउन १६ गते तदनुसार, ३१ जुलाईमा २० औ बार्षिक साधरणसभासँगै हुन गइरहेको  निर्वाचनको लागि संस्थाका प्रथम उपाध्यक्ष ध्रुव सिंखडाले अध्यक्षमा उमेद्धवारी दिने घोषणा गर्नुभएको छ ।

उहाँले आफुले एक कार्यकाल कार्यसमिति सदस्य र प्रथम उपाध्यक्षको सफल जिम्मेवारी बहन गरिसकेको कारण गाँउ पर्यटन प्रवद्र्धन गर्नको लागि राम्रो अनुभव बटुलीसकेकाले एक कार्यकाल कार्यकारी नेतृत्व लिएर सर्वाङ्गीण गाँउ पर्यटन प्रवद्र्धन गर्नको लागि नेतृत्व लिने निर्णय गरेको गन्तव्य नेपाललाई बताउनुभयो ।
पर्यटनका संभाव्यता ठाँउहरु देशैभरि अथाहा रहेको र त्यसको पहिचान प्रवद्र्धन गर्नको लागि राज्य नै चुकिरहेको सन्दर्भमा त्यसको पहिचान र राज्यलाई दवाव दिन पनि भिटोफले ससक्त नेतृत्व खोजिरहेकोमा आफ्नो उमेद्धवारी प्रश्तुत गरेको उहाँको भनाई छ ।
मञ्चलाई राष्ट्रिय स्वरुप प्रदान गर्न र सहरमुखी बन्दै गएको पर्यटनलाई गाँउमुखी बनाउनको लागि पनि आफ्नो उमेद्धवारी सार्थक हुने पनि बताउनुभयो ।
एक अर्को प्रशंगमा सिंखडाले आफु भिटोफको नेतृत्व लिनका लागि मैदानमा उत्रिसकेकाले सम्पुर्ण पर्यटन व्यावसायी शुभेच्छुक तथा संघका सदस्यहरुलाई सहयोग गर्नका लागी आह्वान समेत गर्नुभएको छ । यसैगरी महासचिवमा भिटोक नेपालका बर्तमान सचिव बासु पाण्डेको नाम चर्चामा रहेको छ ।
 

तपाईंको बिचार