Tuesday, September 19, 2017

२० करोडको लगानिमा ठमेलमा यात्री सुइट्स एण्ड स्पा

प्रकाशित मिति: 2016/07/20

साउन ५, काठमाडौं । पर्यटकीय केन्द्र ठमेलमा विदेशी पर्यटकलाई लक्षित गरेर २० करोडका लगानीमा यात्री सुइट्स एण्ड स्पा सत्तचालनमा आउने भएको छ । हिजो एक कार्यक्रमका माझ स्पाको उद्घाटन गरिएको हो । आगामी अगष्ट महिना बाट व्यवसायीक रुपमा सञ्चालनमा आउने  उक्त  चार तारे स्पामा ७५ ओटा गेष्ट रुमहरु रहने बताइएको छ । 

लगानीकर्ता सागर पण्डेले गन्तव्य नेपाल संगको कुराकानीमा सुइट्समा इन्डियन, इटालियन र चाइनीज रेष्टुरेन्ट रहने जानकारी दिए । स्पामा पर्यटकहरुले विश्वस्तरिय सेवा उपभोग गर्नसक्ने बताइएको छ ।     
स्पामा पर्यटकहरुले प्रेसिडेन्टियल, डिलक्स, सुइट्स लगाएतका रुमहरुमा बस्ने सुविधा प्रदान गरिने पाण्डेले बताएका छन् ।  कफि सप,सोभिनियर सप रहने स्पाले ठमेलको पार्किङ समस्यालाई मध्यनजर गर्दै अन्डर ग्राउन्ड पार्किङको सुविधा समेत थप गर्ने बताइएको छ ।  
पछिल्लो समय नेपाल आउने पर्यटकहरुको संख्यामा बृद्धि हुदैं गइरहेकोले पर्यटकहरुलाई स्तरीय सेवा प्रदान गर्न स्पा सञ्चालन गर्न लागिएको पाण्डेले बताए ।  पर्यटकहरुको चापलाई मध्यनजर गर्दै काठमाडौं बाहिरका सहरहरुमा पनि स्तरीय सेवा पु¥याउने लक्ष्य रहेको पाण्डेले बताएका छन्  । उक्त यात्री सुइट्स एण्ड स्पमा सागर पाण्डे, निलहरी बास्तोला, नवराज अम्गाई, राम पाण्डे र शर्मिला देवकोटकोे संंयुत्त लगानी रहेको छ ।  

 

 

तपाईंको बिचार