Thursday, June 29, 2017  |    

पाण्डे र खनालद्धारा भिटोफ नेपालको महासचिवमा उम्मेदवारी दिने घोषणा

प्रकाशित मिति: 2016/07/20

साउन ५ काठमाडौं । गाँउ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ नेपाल)को आगामि साउन १६ गते तदनुसार, ३१ जुलाईमा हुने    २० औ बार्षिक साधरणसभासँगै हुन गइरहेको निर्वाचनमा महासचिव पदका लागि आकाक्षिहरु बढ्दै गइरहेका छन् । महासचिव पदको लागि मञ्चका वर्तमान सचिव बासुदेव पाण्डे र वर्तमान सह कोषाध्यक्ष तथा कोषाध्यक्षको जिम्मेवारी वहन गरिरहेका दिपक खनाल आकांक्षि देखिएका छन् ।

महासचिवका आकांक्षि पाण्डे र खनाल दुवै जनाले आफुहरु महासचिव पदको लागि सक्षम रहेको बताएका छन् । साथै उनिहरुले आफु महासचिव भएमा मञ्चलाई शसक्त रुपमा अगाडि लैजाने दाबी समेत गरेका छन् । त्यसैगरी अध्यक्ष पदको लागि मञ्चका वर्तमान उपाध्यक्ष धुव्र सिंखडा, मञ्चका पूर्व महासचिव कमल सपकोटा र महासचिव राजकुमार थापाको नाम चर्चामा रहेको छ ।

मञ्चका वर्तमान अध्यक्ष चित्र बहादुर गुरुङले भिटोफ नेपालको लागि २ वर्षिय कार्यकाल अपुग भएको भन्दै यसलाई समय सान्दर्भिक रुपमा लैजान आफ्नो नेतृत्व अझै आवश्यक रहेको भन्दै उनले पनि अध्यक्ष पदमा पूनः आफ्नो इच्छा प्रकट गरेका छन् ।   
   

 

तपाईंको बिचार