Wednesday, August 23, 2017

पहिरोले रोलवालिङ पदमार्ग अवरुद्ध

प्रकाशित मिति: 2016/07/20

साउन ५,काठमाडौं । चर्चित रोलवालिङ पदमार्ग बाढी र पहिरोले अवरुद्ध भएको छ । पदमार्ग अवरुद्ध भएपछि च्छोरोल्पा हिमताल र टासीलाप्चा हिमाल छिचोल्नेहरु मारमा परेका छन् ।  

घट्टेखोलामा आएको बाढीले पुल बगाएपछि हिमआरोहीहरुको गाउँको बेदिङ र नाबीच सम्पर्क विच्छेद भएको छ । एकठाउँबाट अर्कोमा जान मुस्किल भएकाले जनजीवन कठिन भएको गाउँलेले बताएका छन् ।  

निरन्तर वर्षाले पहिरो जादाँ ठाउँठाउँमा पदमार्ग अबरुद्ध छ । सदरमुकामबाट छेछ्योतसम्म मोटरबाट यात्रा गरेर सिमिगाउँ, क्याल्चे, डोवाङ, निवारे हुँदै बेदिङ पुग्न सकिन्छ । निवारे, बेदिङ र ना मौसम अनुसार बसाई सर्ने गाउँहरु हुन् । 

बेदिबाट ना हुँदै च्छोरोल्पा हिमाल पुग्नका लागि पनि पुल भत्किएका छ । रोल्वालिङ क्षेत्र प्रवेशमार्ग डोवाङवस्ती पनि  खोला र पहिरोले संकटमा परेको छ ।   
 

तपाईंको बिचार