Friday, June 23, 2017  |    

धार्मिक महत्वको गन्तव्यका रुपमा विकास हुदैं फोक्सिङकोट

प्रकाशित मिति: 2016/07/20

साउन५,पोखरा । कास्कीको निर्मलपोखरी गाविसस्थित फोक्सिङकोट क्षेत्रलाई धार्मिक पर्यटनको क्षेत्रको रुपमा विकास गरिने भएको छ । नेपालका बाइसे चौबिसे राजाको पालाको फोक्सिङकोट प्रचारप्रसार एवम् पूर्वाधार विकासको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवावसीले  उक्त क्षेत्रलाई आफ्नै सक्रियतमा पर्यटकीय क्षेत्र बनाउन लागेका हुन् ।  

  फोक्सिङकोटमा महाकालीको मन्दिरसहित माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरिलगायतका हिम शृङ्खला र पोखराको दृश्यावलोकनका लागि भ्यूटावर समेत निर्माण गर्न लागिएको जानकारी स्थानीयवासीले दिएका छन् ।   
निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत रु सात लाख, संस्कृति मन्त्रालयको संस्कृति सम्बद्र्धन कार्यक्रमअन्तर्गत रु एक लाख र अन्य स्थानीय सहयोगबाट मन्दिर निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको फोक्सिङकोट विकास दसमितिले जनाएको छ ।  

तपाईंको बिचार