Tuesday, November 21, 2017

पुननिर्माणको पर्खाइमा पशुपतिका सम्पदा

प्रकाशित मिति: 2016/07/21

साउन ६, काठमाडौं । गत वर्षको विनाशकारी भूकम्पले पशुपति क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक क्षतिग्रस्त मठमन्दिरको तत्काल पुनर्निर्माण गर्न नसक्दा ति सम्पदाहरु नष्ट हुने खतरा बढेको छ ।  

पशुपति क्षेत्र विकास कोषका अनुसार सरकारले पशुपति क्षेत्रका सम्पदाको  चाडै पुनर्निर्माण नगरे पाशुपत क्षेत्रका बहुमूल्य सामग्री नष्ट हनेछन् ।  

 गत बैशाखको भूकम्पले पाशुपत क्षेत्रका २० वटा मन्दिरमा असर परेको र ती मन्दिरमा प्रयुक्त प्राचीन मूर्ति, बहुमूल्य सामग्री, पौराणिक इतिहास बोकेका बस्तु, हस्तकला, काष्ठकलाका नमुना झ्याल, ढोका अस्थायी टहरा बनाएर राखेको छ भने पशुपति क्षेत्रमा त्यसै थुपारिएका पुरातात्विक सामग्री वर्षा याममा कुहिएर जाने जोखिम बढेको कोषले बताएको छ ।   

अहिले पशुपति क्षेत्र विकास कोषमा पुर्ननिर्माण सम्बन्धीका चार ओटा सम्पदाहरुको निर्माण कार्यलाई कोषले तिब्रताका साथ  अगाडि बढाइरहेको छ ।  भुस्नेश्वर सत्तल, गोरखनाथ आश्रम र नरहरीनाथ आश्रम, शंखनरायण सत्तल, र गुह्ेश्वरी सत्तलको पुननिर्माणको काम सुरु भइसकेको छ ।   

 

तपाईंको बिचार