Saturday, August 19, 2017  |    

भिटोफ नेतृत्व छनौटमा मौलायो राजनैतीक कुःचक्र, तिनै पार्टिका वार्ता कमिटी सार्वजनिक

प्रकाशित मिति: 2016/07/21

साउन ६,काठमाण्डौ । भिटोफ नेपालमा राजनैतीक भागभण्डामा नेतृत्व चुनिने संकेत देखिएको छ । 

विगतका बर्षहरुमा झै विभिन्न पर्यटकीय संघसंस्थाहरुमा राजनैतिक लडाई र जुगाको लडाईका विच चुनिएको नेतृत्वले खासै उल्लेख्य काम गर्न नसकेको अथवा कार्यक्षेत्रअनुसारका व्यावसायीक रुपमा काम गर्न नसकेको तितो यथार्थ हामीमाझ छर्लङ नै छ । फेरी पनि राजनैतिक कुःचक्रका विच नै भर्खरै मौलाउन लागेको संस्था भिटोफमा पर्यटनका राजनैतीक संघ संगठनहरुले बार्ता तथा छलफल कमिटि नै बनाएर भिटोफ जस्तो संस्थामा फेरी अर्को राजनैतीक कुःचक्रको सुरुवात गरेका छन ।

भिटोफ नेपाल एउटा ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ स्थापित संस्था अर्थात सहर केन्द्रित पर्यटनलाई गाँउ केन्द्रित पर्यटन बनाउनु नै भिटोफको मुलभुत उदेश्य हो । तथापि यहाँ  फोहोरी राजनैतीक विचमै नेतृत्व चुनिने निष्चित प्रायः छ ।

गन्तव्य नेपाललाई प्राप्त समाचार अनुसार पर्यटन नेपाली कांगे्रसको तर्फबाट बलराम न्यौपानेको संयोजकोत्वमा राजेन्द्र सुवेदी, दामोदर दाहाल, गगन न्यौपाने, प्रकाश अर्याल, कृष्ण सुवेदी, जस्था पाण्डे सम्मीलीत ७ सदस्यिय वार्ता कमिटि बनाएको छ ।

त्यसैगरी पर्यटन नेकपा एमाले निकट व्यावसायीबाट राजेन्द्र सापकोटाको संयोजकोत्वमा शिव लामिछाने र वासु पाण्डे सम्मिलित ३ सदस्यिय वार्ता कमिटि तयार भएको छ । यससँगसँगै नेकपा माओवादि केन्द्र निकटबाट व्यावसायी बोधराज भण्डारीको संयोजकोत्वमा अर्जुन सिंखडा, राजकुमार बस्नेत, शेखर थापा, राजेन्द्र लामा, कृष्णमान श्रेष्ठ र दिपक भट्टराई सम्मिलित सात सदस्यिय कमिटि गठन गरिएको छ ।यसैगरी नयाँ शक्ति नेपाल र कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यावसायी संघ भने मौन देखिएको छ ।यसैगरी नयाँ शक्ति नेपाल र कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यावसायी संघ भने मौन देखिएको छ ।

यहाँबाट पनि प्रष्ट हुन्छ कि पर्यटनमा राजनिति गर्ने श्रृंखलामा पुनः यसको पुनरावृति भएको कुरालाई नर्कान सकिन्न ।  भिटोफ निर्वाचन यही साउन १६ गते दरवारमार्गस्थीत होटलउडल्याण्डमा सम्पन्न हुँदैछ  ।

तपाईंको बिचार