Wednesday, June 28, 2017  |    

भिटोफ नेपालमा सापकोटा र सिंखडाकै बिच प्रतिस्पर्धा हुने संकेत

प्रकाशित मिति: 2016/07/21

साउन ६, काठमाडौं । गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को अगामी साउन १६ गते २०औं वार्षिकसधारण सभासँगै होटल उडल्याण्डमा हुन गईरहेको निर्वाचनको लागि संस्थाका प्रथम उपाध्यक्ष ध्रुब सिंखडा र पूर्व महासचिव कमल सापकोटाबिच नै प्रतिस्पर्धा हुने संकेत देखिएको छ । सापकोटा नेकपा माओवादी केन्द्र र सिंखडा नेकपा एमाले निकट हुन् ।

गन्तव्य नेपालसँग कुराकानी गर्दै भिटोफ नेपालका पूर्व महासचिव तथा अध्यक्षका आकांक्षी कमल सापकोटाले आफु महासचिव हुँदा बखत आफुले उठाएका गाँउ पर्यटन प्रवद्र्धनका मुद्धाहरु अगाडि बढ्न नसकेको तथा आफु गाँउ पर्यटन विज्ञ पनि रहेको सँगसगै आफ्नो व्यावसाय पनि गाँउ केन्द्रिकृत रहेको कारणले पनि समग्र गाँउको पर्यटन प्रवद्र्धन गर्नको लागि एक्काईसौ शताब्ती अनुकुलका एजेण्डा आफुसँग रहेको भन्दै अध्यक्ष पदको लागि उमेद्वारी दिने घोषणा गर्नुभएको छ ।

उहाँले गाँउगाँउमा पर्यटन प्रवद्र्धन मार्फत रोजगारीको श्रृजना गर्ने तथा जिवनस्तर उकास्नको लागि आफु प्रतिवद्ध रहने पनि बताउनुभयो ।

त्यसैगरी अध्यक्षका अर्का आकांक्षी तथा बर्तमान उपाध्यक्ष धु्रव सिंखडाले आफुले एक कार्यकाल कार्यसमिति सदस्य र प्रथम उपाध्यक्षको सफल जिम्मेवारी बहन गरिसकेको कारण गाँउ पर्यटन प्रवद्र्धन गर्नको लागि राम्रो अनुभव बटुलीसकेकाले एक कार्यकाल कार्यकारी नेतृत्व लिएर सर्वाङ्गीण गाँउ पर्यटन प्रवद्र्धन गर्नको लागि नेतृत्व लिने निर्णय गरेको गन्तव्य नेपाललाई बताउनुभयो ।

पर्यटनका संभाव्यता ठाँउहरु देशैभरि अथाहा रहेको र त्यसको पहिचान प्रवद्र्धन गर्नको लागि राज्य नै चुकिरहेको सन्दर्भमा त्यसको पहिचान र राज्यलाई दवाव दिन पनि भिटोफले ससक्त नेतृत्व खोजिरहेकोमा आफ्नो उमेद्धवारी प्रश्तुत गरेको उहाँको भनाई छ ।

पर्यटन व्यावसायीहरुले भिटोफमा आगामी नेतृत्व सहमतिका आधारमा चुनिनुपर्नेमा जोड रहेपनि अन्ततः विगतको जस्तै राजनीतिक चंगुलका विच नै प्रतिस्पर्धाबाट नेतृत्व आउने निश्चित प्रायः देखिएको छ । त्यसैगरी मञ्चको महासचिवको लागि बर्तमान सचिव वासुदेव पाण्डे र वर्तमान कार्यवहाक कोषाध्यक्ष दिपक खनालले उमेद्वारी दिने घोषणा गरेका छन ।

नेपाली कांग्रेस, नयाँ शक्ति निकट पर्यटन व्यावसायीहरुको मत भने निर्णायक बन्ने निश्चित छ ।

 

तपाईंको बिचार