Saturday, April 29, 2017  |    

नेपाली हस्तकालको अन्तर्राष्ट्रियकरणमा टिबेट हाउसको प्रयास

प्रकाशित मिति: 2016/07/21
तस्बीर जनार्दन अर्याल
तस्बीर जनार्दन अर्याल

 सागर चन्द

    साउन ६, काठमाडौं । नेपाली हस्तकलाको बजारमा टिबेट हाउसले नयाँ आयाम थपेको छ । नेपाल आउने पर्यटकहरुले फुटकर रुपमा किन्ने गरेका नेपाली हस्तकलाका समाग्रीहरु अब पर्यटकीय केन्द्र ठमेलमा एकै ठाउँमा सम्पुर्ण हस्तकलाका समाग्री किन्ने सुविधा पाउने भएका छन् । 
आजदेखि राजधानीमा टिबेट हाउसले एकै ठाउँबाट थान्का  काष्ठकला,धातुकला र सेरमिक्सका समाग्रीहरुको विक्री वितरण थालेको छ ।


हाउसका सञ्चालक नारायण श्रेष्ठले विभिन्न मूर्ति, पेन्टिङ र थान्का लगायतका सामाग्री एकै ठाउँबाट विक्री गर्दा पर्यटकलाई सहज हुने बताउनुभयो ।  
विश्वमा परम्परागत थान्काको ७० प्रतिशत माग नेपाली थान्काको हुने गरेपनि पर्याप्त मात्रामा निर्यात गर्न नसक्दा नेपाली थान्काको बजार साघुँरिदै गएको परस्थितीमा टिबेट हाउसले विश्व बजारको माग पुरा गर्न ठमेलमा ५ तलाको हस्तकला सोरुम सञ्चालन गरेको बताउनुहुन्छ हाउसका अर्का सञ्चालक हरी दवाडी ।   
विगत २६ बर्ष देखि हस्तकलाको व्यापार गर्दै आइरहेको हाउसले अब नयाँ योजना साथ विश्व बजारमा नेपाली हस्तकलाको पहुच र प्रभाव विस्तार गर्ने विश्वास सञ्चालकहरुले लिएका छन् । 


अहिलेसम्म चीन, अमेरीका र युरोपका केही देशहरुमा सिमित मात्रामा मात्र हस्तकालका सामाग्रीहरु निर्यात गर्दै आइरहेको हाउसले अब एसियाली देशहररुमा पनि हस्तकलाका समाग्री निर्यात गर्ने बताएको छ ।  
६० लाख लगानि रहेको हाउसले बुद्धको जिवनचक्र र परम्परागत नेपाली संस्कृति संग जोडिएका हस्तकलाका समाग्रीहरुको निर्यातमा विशेष जोड दिने बताइएको छ ।  
हस्तकलाई धर्मसंग मात्रै जोडेर हेर्न नहुने भन्नुहुन्छ श्रेष्ठ । उनका अनुसार हस्तकला विशुद्ध कला हो जसले जिवन प्रतिविम्बित गर्छ । 


प्रचार प्रसारको अभावले नेपाली काला ओझेलमा परेको गुनासो गर्दै दवाडी भन्नुहुन्छ “विदेशमा रहेका नेपालीलाई सामेल गराएर नेपाली हस्तकालाको बजारलाई विश्वव्यापिकरण गर्ने प्रयासमा हामि लागेका छौ ।” 
नेपालमा लिच्छिविकाल बाट सुरु भएको मानिने हस्तकला अहिले चीन, भारत र श्रीलङकामा समेत स्थापित भइसकेको छ ।   विदेशमा माग अनुसारको हस्तकालाका समाग्री निर्यात गर्न सकेमा नेपाली हस्तकलाको भविष्य निकै उज्वल रहेको बताउनुहुन्छ श्रेष्ठ ।  


गन्तव्य नेपाल संगको कुराकानीमा हाउसले यस अघि पनि चीन, अमेरीका र युरोपका व्यापार मेलाहरुमा सहभागित जनाइसकेको श्रेष्ठले जानकारी दिनुभयो । 
७० जनालाई रोजगार प्रदान गरको हाउसको हाल चीनमा   विक्री कक्ष रहेको छ भने छिटै अरु देशमा पनि शाखा विस्तार गर्ने लक्ष्य रहेको दवाडीले सुनाउनुभयो ।  नेपालमा हस्तकलाका समाग्री उत्पादकहरुले राम्रो आम्दानी गरिरहेकोले युवाहरुले यस तर्फ लाग्नुपर्ने श्रेष्ठको सुझाव रहेको छ । 
 
 

 

तपाईंको बिचार