Sunday, March 26, 2017  |    

युवा पर्यटन व्यावसायी नवराज गौलीलाई मातृशोक

प्रकाशित मिति: 2016/07/21

साउन ६, काठमाण्डौ । युवा पर्यटन व्यावसायी तथा आउटफिटर टेक्सका प्रवन्ध निर्देशक नवराज गौलीलाई मातृशोक परेको छ ।

गोरखा बङ्कोटमा २०१८ साल मंसिर २५ गते जन्म भइ हाल धादिङ त्रिपुरेश्वर २ सुकौरा बस्दै आउनुभएकी युगकुमारी गौलीको गत साउन २ गते धादिङको आँखुखोला(नेत्रावती) नदीमा दाउरा खोज्न जाँदा अकास्मत आएको बाढिमा परी असामयिक निधन भएको हो । उहाँका श्रीमान मुनप्रसाद गौली र २ छोरा बासुदेव र नवराज गौली रहेका  छन ।
यस दुखद घडिमा शोक सन्तप्त परिवारजनप्रति गन्तव्य नेपाल साप्ताहिक तथा गन्तव्य नेपाल न्यूज डट कमका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै श्री पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछ ।

तपाईंको बिचार