Wednesday, April 26, 2017  |    

गाँउ पर्यटनलाई अझै दरिलो र सशक्त बनाउन मेरो उमेद्धवारी :राजकुमार थापा

प्रकाशित मिति: 2016/07/22

      भिटोफ अध्यक्षमा निर्विरोध चुनिनेमा ढुक्क छु

साउन ७, काठमाण्डौ । गाँउ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ नेपाल)का बर्तमान महासचिव राजकुमार थापाले अध्यक्षमा उमेद्धवारी दिने घोषणा गर्नुभएको छ ।

आफु गाँउ पर्यटन विकाशको लागि सदैव लागिपरेको भन्दै थापाले स्थानिय जनताको हौसला र समर्थन प्राप्त भएकै कारण अध्यक्षमा उमेद्धवारी दिने घोषणा गरेको बताउनुभयो ।
ग्रामिण पर्यटन शिशु अवस्थादेखी अहिलेको विकशित घटनाक्रममा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसको प्रभावकारिताको सम्बन्धमा चर्चा हुन थालेको र यसमा आफु लागि परेको भन्दै थापाले विशुद्ध गाँउ पर्यटनको विकाशमा समर्पित संस्थामा प्यानल बनाएर राजनीतिको प्रवेश गरिनु दुःखद भएको बताउनुभयो ।
गन्तव्य नेपालसँग कुरा गर्दैै थापाले आफु संस्थामा प्रवेश गरेदेखि नै गाँउको विकाश र सुधारमा जोड दिदै प्रत्येक बर्ष ‘गाँउ गन्तव्य घोषणा बर्ष’ घोषणा गरि पर्यटकहरुलाई भ्रमण गर्न प्रेरित गरेको, विदेशमा समेत प्रचारप्रसारमा लागि परेको तथा गाउँ पर्यटनलाई सुदुरपुर्व देखी सुदुरपश्चिमसम्म विस्तार गर्ने कार्यमा आफु सदैव लागिपरेको बताउनुभयो । 
आफु पर्यटन प्रेमी व्याक्ति भएको भन्दै थापाले ‘जय पर्यटन, जय भिटोफ’ को नारालाई सदैव आत्मसाथ गर्दै अगाडि बढेकाले आफु निर्विरोध निर्वाचित हुुनेमा ढुक्क रहेको दावी गर्नुभयो ।  यही साउन १६ गते तदनुसार ३१ जुलाई २०१६ तारिकका दिन सम्पन्न हुने भिटोफ निर्वाचनले नयाँ कार्यसमितिको टुंगो लगाउनेछ ।

तपाईंको बिचार