Monday, August 21, 2017  |    

भिटोफमा पर्यटन नयाँ शक्तिले राम घलेको नेतृत्वमा उमेद्धवारी घोषणा

प्रकाशित मिति: 2016/07/22

साउन ७, काठमाण्डौ । भिटोफ नेपालको निर्वाचन नजिकीदै गर्दा नयाँ शक्ति नेपाल पर्यटन सम्वद्ध व्यावसायीहरुको संघ नेपाल पर्यटन परिषद्ले युवा पर्यटन व्यावसायी तथा घले ट्रेक्सका प्रवन्ध निर्देशक राम घलेको नेतृत्वमा भिटोफ नेपालमा जाने निर्णय गरेको छ ।
नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य गोपालबाबु श्रेष्ठले गन्तव्य नेपालसँग कुराकानी गर्दै भिटोफ) मा आफ्नो पार्टी सम्वद्ध व्यावसायीहरुको ठुलो प्रभाव रहेको र भिटोफ मार्फत ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सशक्तता दिनको लागि आफ्नो पार्टिको नेतृत्व भिटोफले खोजिरहेको बताउनुभयो ।
नयाँ शक्ति नेपालको उदेश्य भनेकै सर्वाङ्णि राष्ट्रको विकाश गर्नु नै हो ।
यस अर्थमा पनि गाँउ विकाश र समृद्धि पर्यटनबाट मात्र सम्भव छ भन्ने आफुहरुको ठम्याई पनि रहेको बताउदै सवै राजनितीक सम्वद्ध संघ संगठन व्यावसायी तथा शुभचिन्तकहरुलाई नयाँ शक्ति नेपाल निकट नेपाल पर्यटन परिषद्को नेतृत्वलाई सहयोग गर्न आह्वान समेत गर्नुभयो ।
यसैगरी नेपाल पर्यटन परिषद्ले भिटोफ नेपालमा महासचिवमा किरण धरेललाई पठाउने समेत निर्णय गरेको छ ।
अन्य पुर्ण कार्यसमिति भने आईतवार भित्रै सार्वजनिक गरिने जानकारी समेत दिनुभयो । यही साउन १६ गते तदनुसार ३१ जुलाई २०१६ का दिन सम्पन्न हुने भिटोफ निर्वाचनले नयाँ कार्यसमितिको अन्तिम टुंगो लगाउनेछ ।

 

तपाईंको बिचार