Tuesday, May 30, 2017  |    

भिटोफ अध्यक्षमा कांग्रेस निकट निट नेपालका तर्फबाट दाहालको उमेद्धवारी घोषणा

प्रकाशित मिति: 2016/07/22

साउन ७, काठमाण्डौ । भिटोफ नेपालमा नेपाली कांग्रेस निकट निट नेपालको तर्फबाट बर्तमान उपाध्यक्ष दामोदर दाहालले भिटोफ नेपालको अध्यक्षमा उमेद्धवारी दिने घोषणा गर्नुभएको छ । 

आफुले भिटोफ नेपालमा यसअघि दुई कार्यकाल सदस्य र उपाध्यक्षमा रहेर सफल रुपमा जिम्मेवारी बहन गरेको भन्दै दाहालले शुभेच्छुक साथीभाई तथा ग्रामिण क्षेत्रमा बसोवास गर्ने दाजुभाई दिदिबहिनीहरुको सल्लाह बमोजिम उमेद्धवारी घोषणा गरेको  बताउनुभयो ।

गन्तव्य नेपालसँग कुराकानी गर्दै दाहालले ग्रामिण पर्यटन विकाशको लागि आफु सदैव चिन्तीत रहेको र आफ्नो यसअघिको सक्रियता, अनुभव र संस्थालाई नयाँ कार्ययोजनाका साथ चलायमान बनाउन पनि आफ्नो उमेद्धवारी घोषणा भएको बताउदै उहाँले आफ्नो जित सुनिश्चीत भएको  दावी गर्नुभयो ।

दाहालले सम्पुर्ण शुभेच्छुक, दाजुभाई, दिदिबहिनीहरुले आफुलाई समर्थन गर्नेमा आफु विश्वस्त रहेको भन्दै संस्थाको उचाई बढाउन आफु लागि पर्ने र भिटोफ आवद्ध सम्पुर्ण व्यावसायीहरुले धैर्यता पुर्वक निर्णय लिन आग्रह समेत गर्नुभयो ।

यही साउन १६ गते तदनुसार ३१ जुलाई २०१६ का दिन सम्पन्न हुने भिटोफ निर्वाचनले नेतृत्वको अन्तिम टुंगो लगाउनेछ ।

तपाईंको बिचार