Thursday, June 29, 2017  |    

युवा पर्यटन व्यावसायी गगन न्यौपानेद्धारा भिटोफ महासचिवमा उमेद्धवारीको घोषणा

प्रकाशित मिति: 2016/07/22

साउन ७, काठमाण्डौ । भिटोफ नेपालमा पर्यटन कांग्रेस निकट निट नेपालका तर्फबाट गगन न्यौपानेले महासचिवमा उमेद्धवारी दिने घोषणा गर्नुभएको छ ।

भिटोफको बर्तमान कार्यसमिति सदस्य रहेका न्यौपानेले आफ्ुले दुई बर्षे कार्यकालमा रहँदा ग्रामिण पर्यटनसँग सम्बन्धीत विभिन्न क्षेत्रको अध्ययन अवलोकन गरेको र ति क्षेत्रहरुको विकास सम्बन्धमा नयाँ योजनाका साथ अघि बढ्ने उदेश्यका साथ महासचिवमा उमेद्धवारी घोषणा गरेको बताउनुभयो ।
नेपाली राजनीति जस्तै पर्यटनसँग सम्बन्धीत संघसंस्थामा पनि राजनीति मौलाएको भन्दै न्यौपानेले आफुमा युवा जोस र ग्रामिण पर्यटनमा यसअघिका कमीकमजोरी सुधार्दै अघि बढ्न चाहेकोले ग्रामिण पर्यटनसँग सम्बन्धीत सबै दाजुभाई दिदिबहिनीले आफुलाई साथ दिने उहाँले बताउनुभयो । यही साउन १६ गते तदनुसार ३१ जुलाई २०१६ का दिन सम्पन्न हुने भिटोफ निर्वाचनले नेतृत्वको अन्तिम टुंगो लगाउनेछ ।

 

तपाईंको बिचार