Monday, December 11, 2017

भिटोफमा हाम्रो नेतृत्वमा सहमति बन्नुपर्छ :सिंखडा, केन्द्रिय सदस्य

प्रकाशित मिति: 2016/07/22

साउन ७, काठमाण्डौ । भिटोफ नेपालको यही श्रावण १६ गते हुन गईरहेको अधिवेशन तथा साधरणसभा र नयाँ नेतृत्वको लागि नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रले भिटोफ नेपालका सदस्य तथा पर्यटन व्यावसायसँग सम्बन्धीत सदस्यहरुको आज विहान गोकर्ण रिर्सोटमा साधरणसभाको लागि र नयाँ नेतृत्व छनौटको लागि भेला सम्पन्न गरेको छ ।

उक्त भेलामा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा भुतपुर्व पर्यटन राज्यमन्त्री दिलिप महर्जन, नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पर्यटन विभाग सदस्य गणेश सिंखडा, नवराज पाण्डे, यदु लामिछाने लगायतको उपस्थिीतिमा उमेद्धवार छनौट तथा प्रचारप्रसार समितिको संयोजकमा बोधराज भण्डारी चयन हुनुभएको छ ।
यसका साथै सदस्यहरुमा पम्फा धमला, राजकुमार बस्नेत, अर्जुन सिंखडा, सरिता लामा, शेखर थापा, दिपक भट्टराई, राजेन्द्र लामा, कृष्णमान श्रेष्ठ रहेका छन ।
अध्यक्षका लागि कमल सापकोटा र राजकुमार थापा मध्ये एकजना र महासचिवमा दिपक खनालले उमेद्धवारका  लागि इच्छा प्रकट गर्नुभएको छ ।
गन्तव्य नेपालसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बरिष्ठ पर्यटन व्यावसायी गणेश सिंखडाले सर्वसम्मत नेतृत्वको पक्षमा आफुहरु रहेको बताउनुभयो । अन्याथा, छुट्टै प्यानलसहित उमेद्धवारी घोषणा हुन सक्ने समेत उहाँले बताउनुभयो । माओवादी केन्द्र निकट पर्यटन व्यावसायीहरुको ग्रामिण पर्यटनमा भिजेका व्याक्तिहरुको भिटोफमा बलियो उपस्थिीति रहेको भन्दै उहाँले सहमति र सहकार्यमा नआउनेहरु विरुद्ध आफुहरुको चुनौति रहने बताउनुभयो ।

तपाईंको बिचार