Monday, May 1, 2017  |    

भिटोफ नेपालको प्रथम उपाध्यक्षमा अम्बिर गुरुङको उम्मेदवारी घोषणा

प्रकाशित मिति: 2016/07/23

साउन ८, काठमाण्डौ । गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) नेपालको आगामी १६ गते हुने निर्वाचनमा प्रथम उपाध्यक्षका लागि पर्यटन व्यवसायी अम्बिर गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । माओवादी केन्द्र निकट मानिने गुरुङ कस्टम ट्रेक नेपाल प्रा लिका  निर्देशक समेत हुन् । 
गन्तव्य नेपाल संगको कुराकानीमा गुरुङले सिमित क्षेत्रहरुमा मात्र रहेको पर्यटन बजारलाई देशव्यापी बनाउन आफुहरुको समुहले उम्मेदवाारी दिएको बताउनुभयो ।  
“हामिहरु वेव साइट बनाएरै गाउँको पर्यटन प्रर्वद्धनमा लागिरहेका छौं त्यसकारण पनि नेतृत्वको लागि हाम्रै समुह अब्बल छ । ” गुरुङले भन्नुभयो । 
आफुहरुले निर्वाचन जितेमा नेपालका गाउँहरुलाई पर्यटन मैत्री बनाउने समेत उहाँले दावी गर्नुभयो ।   
२०५३ सालदेखि पर्यटन क्षेत्रमा सक्रिय गुरुङले पर्यटको पहुँच स्थानिय स्तरमा पु¥याउन आफुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भन्दै उम्मेदवारी दिएको बताउनुभयो ।   
साथै भिटोफलाई नयाँ गति र कार्यदिशाको खाँचो रहेको औल्यादै गुरुङले  आफुले नयाँ शैलीमा भिटोफलाई अगाडि लैजाने समेत बताउनुभयो ।   
 
यही साउन १६ गते तदनुसार ३१ जुलाई २०१६ का दिन सम्पन्न हुने भिटोफ निर्वाचनले नयाँ कार्यसमितिको अन्तिम टुंगो लगाउनेछ ।
 
 

 

तपाईंको बिचार