Monday, October 23, 2017

राजनीतीक लडाँइकाबिच भिटोफ निर्वाचन हुने निश्चत, राजनीतिक धुव्रिकरण बढ्यो

प्रकाशित मिति: 2016/07/23

साउन ८, काठमाडौं । गाउँ पर्यटन प्रर्वद्धन मञ्च(भिटोफ नेपाल)को निर्वाचन नजिकिदै गर्दा विभिन्न राजनीतिक दलका पर्यटन संगठनहरुले नेतृत्वको लागि छलफललाई तिव्रता दिएका छन् ।  संगठनहरुले आ–आफ्नै उम्मेदवारलाई जिताउनको लागि छलफल र बहसलाई तिव्र गतिमा अगाडि बढाएका छन् । पर्यटन क्षेत्रमा भिटोफ निर्वाचनको सरगर्मि ह्वात्तेै बढेको छ ।

सहमतिय नेतृत्वको संभावना नरहेपछि संगठनहरु निर्वाचनको दौड धुपमा लागेका छन् ।  निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न संगठनहरुले दैनिक रुपमा एकल र संयुक्त बैठकहरुको आयोजना गर्दै आइरहेका छन् । 
गन्तव्य नेपाललाई बिशेष स्रोतबाट प्राप्त जानकारी अनुसार भिटोफ निर्वाचनमा  मूलुकमा विकसीत पछिल्लो राजनीतिक घटनाक्रमको प्रभाव परेको छ । भिटोफ निर्वाचनका लगि नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा मोर्चा बनाउने संकेत देखाएका छन भने ।

अल्पमतमा परेको एमालेले नयाँ शक्ति र कांग्रेसकै अर्को संगठन लोकतान्त्रिक पर्यटन व्यवसायी संघबिच   गठबन्धन बन्ने संकेत देखिएको सा्रेतले बताएको छ । आगामि साउन १६ गते  होटल उडल्यान्डमा हुने निर्वाचनमा   कांग्रेस र माओवादि केन्द्रको गठबन्धन र  एमाले, लोकतान्त्रिक पर्यटन व्यवसायी संघ र नयाँ शक्तिको संयुत्त गठबन्धन बिच नेतृत्वका लागि निर्वाचन हुने  स्रोतले जानकारी दिएको छ ।        

 

तपाईंको बिचार