Friday, April 28, 2017  |    

भिटोफमा कमल सापकोटाको नेतृत्वमा जाने पर्यटन माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति: 2016/07/23

साउन ८, काठमाडौं । यसै साउन १६ गते हुन लागेको गाउँ पर्यटन प्रर्वद्धन मञ्च(भिटोफ नेपाल)को निर्वाचनमा पर्यटन माओवादी केन्द्रको तर्फबाट कमल सापकोटाको नेतृत्वमा जाने निर्णय गरेको छ । भर्खरै बसेका पर्यटन माओवादी केन्द्रको बैठकले यस्तो निर्णय गरेका हो । गन्तव्य नेपाल संगको कुराकानीमा केन्द्रका वार्ता संयोजक भोजराज भण्डारीले माउन्टेन डिलाइट ट्रेक्सका प्रबन्ध निर्देशक कमल सापकोटाको नेतृत्वमा भिटोफ निर्वाचनमा जाने निर्णय भएको जानकारी दिनुभयो । 


अध्यक्षका लागि प्रत्यासी रहेका राजकुमार थापा र कमल सापकोटा मध्ये थापाकै प्रस्तावमा सापकोटाको नेतृत्वमा जाने निर्णय भएको भण्डारीले बताउनुभयो ।  
साथै भणडारीले विभिन्न दल निकट पर्यटन संगठनहरु संग सापकोटको नेतृत्वमा जानको लागि संवाद र वार्तालाई तिव्र रुपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।  

 

तपाईंको बिचार