Thursday, March 23, 2017  |    

भिटोफ निर्वाचनका लागि लोकतान्त्रिकले बनायो, थपलियाको नेतृत्वमा वार्ता समिति

प्रकाशित मिति: 2016/07/23

काठमाडौं, ८ साउन । नेपाली कांग्रेस निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको यही साउन १८ गते हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दल निकट संगठनहरुसँग वार्ता र छलफलका लागि संघका अध्यक्ष रामशरण थपलियाको संयोजकत्वमा तीन सदस्यिय वार्ता कमिटि गठन गरेको छ । कमिटिको सदस्यमा संघका उपाध्यक्ष कुमार अधिकारी र महासचिव सोनामजी शेर्पा रहनु भएको छ ।

गन्तव्य नेपालसँग कुरागर्दै संयोजक थपलियाले पर्यटनमा क्रियाशिल सबै राजनीतिक दलका संघ संगठनहरुसँग आवश्यक छलफल र सम्वाद गर्दै भिटोफ नेपालमा सवल र सक्षम नेतृत्व चयनका लागि वार्ता कमिटि गठन गरेको जानकारी दिनुभयो । उहाँले भिटोफमा लोकतान्त्रिक धारको सम्मानजनक सहभागिताका हुने सवालमा जुनकुनै पार्टी निकट संगठनसँग पनि सहकार्य गर्दै जान आफुहरु तयार रहेको बताउनुभयो ।

एकअर्को प्रसंगमा उहाँले विगत देखि नै भिटोफ नेपालमा लोकतान्त्रिक व्यवसायीको ठुलो प्रभाव रहेको भन्दै अहिले लोकतान्त्रि धाराको संगठनलाई बलियो बनाउने सन्दर्भमा सम्मानजनक उपस्थिती खोज्नु स्वभाविक भएको भन्दै संघको गरिमालाई समेत बुझिदिन सबैसँग आग्रह गर्नुभयो ।

 

तपाईंको बिचार