Tuesday, November 21, 2017

भिटोफ नेतृत्वबाट पछि नहट्ने भन्दै भ्रामक प्रचारको पछि नलाग्न सिंखडाको आग्रह

प्रकाशित मिति: 2016/07/24

साउन ९, काठमाडौं । यसै साउन १६ गते हुन लागेको गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल)कोे निर्वाचनमा अध्यक्षका प्रत्यासी धुव्र सिंखडाले आफु भिटोफको नेतृत्वको लागि होमिइसकेकोले अर्नगल प्रचारबाजिको पछि नलाग्न सम्पुर्ण भिटोफ सदस्य तथा सुभचिन्तकहरुलाई  आग्रह गर्नु भएको छ ।

“केहि व्यक्तीहरुले आफुलाई नेतृत्वबाट पछि हट्छ् र अन्त्यमा नेतृत्व छोडेर अरुलाई समर्थन गर्छ भन्ने भ्रामक हल्लाहरु बजारमा  फैलाएका छन् । यसमा कुनै सत्यता छैन ।”उहाँले भन्नुभयो ।

गन्तव्य नेपालसंगको कुराकानीमा उहाँले कुनै पनि सर्तमा आफु भिटोफ नेतृत्वको लागि पछि नहट्ने समेत बताउनुभएको छ ।   

साथै उहाँले आफ्नो नेतृत्वको पक्षमा व्यापक जनलहर र जनमत  भइसकेको अवस्थामा आफु कुनै हालतमा पछि  नहट्ने बताउननुभएको छ । 
 एक अर्को प्रसंगमा सिंखडाले सके सहमती नभए मिल्न सक्ने समुहसंग गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाने समेत बताउनुभएको छ ।   

तपाईंको बिचार