Wednesday, May 24, 2017  |    

भिटोफ निर्वाचनको लागि पर्यटन नयाँ शक्तिको वार्ता कमिटी सार्वजनीक

प्रकाशित मिति: 2016/07/24

साउन ९, काठमाडौं । गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल)को निर्वाचनले पर्यटन बजार ह्वात्तै तातिरहेको सन्र्दभमा नयाँ शक्ति नेपाल सम्बद्ध नेपाल पर्यटन परिषद्ले भिटोफ निर्वाचनको लागि ७ सदस्यीय वार्ता कमिटी सार्वजनीक गरेको छ ।

परिषद्का अध्यक्ष सागर पाण्डेको संयोजकत्वमा गोकुल केसी, गोपालबाबु श्रेष्ठ, चेवन देवकोटा, सुरेश अंगाई, गोबिन्द पन्त र मेघनाथ तिमल्सिना सदस्य रहेको वार्ता कमिटी गठन गरेका हो । 
पर्यटन नयाँ शक्ति नेपालले यस अघि नै घले ट्रेक्सका प्रबन्ध निर्देशक राम घलेको नेतृत्वमा भिटोफ निर्वाचनमा जाने निर्णय गरिसकेको छ । यसै साउन १६ गते होटल उडल्यान्डमा हुनै निर्वाचनले भिटोफको नयाँ कार्य समितीको चयन गर्ने छ । 

 

तपाईंको बिचार