Monday, August 21, 2017  |    

यस बर्षको दागम्बु स्मृति पुरस्कार आरोही माया शेर्पालाई प्रदान

प्रकाशित मिति: 2016/07/24

साउन ९, काठमाडौं ।  यस बर्षको दागम्बु स्मृति पुरस्कार चर्चित आरोही माया शेर्पालाई प्रदान गरिएको छ ।

नेकपा एमालेले पर्वतीय पर्यटनमा विशेष योगदान दिने व्यक्तिहरुलाई वितरण गर्ने गरि स्थापना गरेको १० हजार राशिको दागम्बु स्मृति पुरस्कार आरोही शेर्पालाई प्रदान गरिएको हो ।
राजधानीमा एक कार्यक्रमका विच नेकपा एमालेका सचिव योगेश भट्टराई मार्फत पुरस्कार हस्तान्तरण गरिएको थियो । लामो समयदेखि पर्वतीय पर्यटनमा लागेकी शेर्पा सगरमाथा आरोही संघको अध्यक्ष हुन् । शेर्पा संसारको दोस्रो शिखर पाकिस्तानमा रहेको के टु हिमाल चढ्ने पहिलो नेपाली महिला समेत हुन् ।

नेपालका साहसिक महिलाहरुको अग्रपंक्तिमा उभिएकी शेर्पाले विभिन्न हिमालको चुचुरोमा नेपालको झण्डा फहराउनुका साथै नेपालाई अन्तराष्ट्रियस्तरमा चिनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकी छन ।

तपाईंको बिचार