Thursday, June 29, 2017  |    

भिटोफ निर्वाचनको अन्तिम नामावली प्रकाशन आज हुदै, उमेद्धवारी मनोनयन ११ गते

प्रकाशित मिति: 2016/07/24

साउन ९, काठमाण्डौ । भिटोफ नेपालको चुनावी सरगर्मी बढीरहेका बेला पर्यटनका बिभिन्न राजनैतिक संगठनहरु एकअर्का संगठनहरुसँग बार्ता छलफलमा केन्द्रित देखिएका छन । 

अहिले सम्म पर्यटन नेकपा माओवादी केन्द्रले कमल सापकोटालाई अध्यक्षको उमेद्धवार बनाउने निर्णय गरेको छ भने एमालेले धु्रव सिंखडालाई अध्यक्षमा प्रश्तुत गर्ने निर्णय गरेको छ । त्यसै गरी नयाँ शक्तिले राम घले र नेपाली कांग्रेस निकट –निट नेपालले दामोदर दाहाललाई अघि सारेको छ ।
आज मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको भिटोफले उमेद्धवारी मनोनयन साउन ११ गते १ बजेदेखी साँढे चार बजेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
उमेद्धवारी नामावली प्रकाशन सोही दिन ५ बजे, उमेद्धवारमाथी दावीविरोध १२ गते साढे १२ बजे देखी साँढे १ बजेसम्म, उमेद्धवारी नाम फिर्ता १२ गते साँढे १ बजेदेखि साँढे चार बजेसम्म रहेकोछ ।
त्यसैगरी उम्मेद्धवारको अन्तिम नामावली प्रकाशन १२ गते ५ बजे हुने सार्वजनिक हुनेछ ।
भिटोफ नेपालको कुल मतदाता ६५० को हाराहारीमा रहेको सचिव बासु पाण्डेले बताए । 
यही साउन १६ गते हुने भिटोफ निर्वाचनले उमेद्धवारहरुको अन्तिम टुंगो र नेतृत्व चयन गर्नेछ ।

तपाईंको बिचार