Friday, October 20, 2017

अन्नपूर्ण क्षेत्रमा एक पर्यटकको मृत्यु

प्रकाशित मिति: 2016/07/25

साउन १०,म्याग्दी । अन्नपूर्ण संरक्षण क्षेत्रमा एक पईटक मृत अवस्थामा फेला परेका छन् । मृत फेला परेकी पर्यटक    रोमानियाकी नागरिक एडिना मोनिका पोपेस्क्यु रहेको बताइएको छ ।   
उनी हराएको सूचना पाउनासाथ गत शुक्रबारदेखि  प्रहरी उनको खोजीमा लागेको थियो । घान्दु्रुक प्रहरी चौकीको सक्रियतामा खोजी गरिएकोमा आइतबार बेलुका उनलाई सेओइँ र मोदी खोलाको दोभान आसपास क्षेत्रमा मृत अवस्थामा फेला पारिएको अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले जानकारी दिए  । 

उनी अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको छुम्रुङबाट गत १६ जुलाईमा ९साउन १ गते० स्याउली बजारलाई लक्षित गरी हिँडेको पाइएको बताए। 

कुइँकेलका अनुसार मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ  

तपाईंको बिचार