Monday, August 21, 2017  |    

१० वर्षमा पर्यटन उद्योगबाट४ खर्ब आम्दानी गर्ने सरकारको लक्ष्य

प्रकाशित मिति: 2016/07/25

साउन १०,काठमाडौं । सरकारले आगामी १० वर्षमा पर्यटन उदोगबाट ४ खर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य सार्वजनीक गरेको छ । सरकारले ल्याएको सन् २०१६–२०२५ को १० वर्षे नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजनामा पर्यटन क्षेत्रबाट हुने आम्दानीलाई  ४ अर्ब पु¥याउने लक्ष्य सार्वजनिक गरिएको हो ।  

गत असार ३१ गते मन्त्रिपरिषद्को पूर्वाधार विकास समितिबाट स्वीकृत भएको यो रणनीतिअनुसार आगामी १० वर्षमा वैदेशिक परिवत्र्य मुद्रा आर्जनबाट मात्रै पर्यटन क्षेत्रले दुई अर्ब ७५ करोड ५० लाख अमेरिकी डलर आम्दानी गर्ने उल्लेख गरिएको छ ।   

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सरकारले ल्याएको यो योजनामा पर्यटनको माध्यमबाट गरिबी निवारण गर्ने, स्थानीय स्तरसम्म आर्थिक लाभ लिने प्रमुख उद्देश्य रहेको बताए । पर्यटन रणनीतिमा पर्यटक आगमन सन् २०२५ सम्ममा २५ लाख २२ हजार जना पर्यटक नेपाल आउने अनुमान गरिएको छ ।  भने पर्यटकको बसाइ अवधि १५ दिन हुने अपेक्षा सरकारको छ ।

रणनीतिक योजनाअनुसार हाल पर्यटन उद्योगबाट नेपालमा प्रत्यक्ष रोजगारी पाउने साढे पाँच लाख भए पनि यस क्षेत्रमा हुने अप्रत्यक्ष रोजगारी भने साढे १२ लाख जना छ । यो संख्या सन् २०२५ सम्ममा पर्यटन क्षेत्रबाट हुने अप्रत्यक्ष रोजगारी करिब १९ लाख पुग्ने रणनीतिक योजनाको तथ्यांकमा उल्लेख छ ।

 
 

तपाईंको बिचार