Thursday, June 29, 2017  |    

भिटोफमा सहमतिय नेतृत्वको पहल जारी, आज साँझसम्म अन्तिम निर्णय हुने

प्रकाशित मिति: 2016/07/25

साउन १०, काठमाण्डौ । गाँउ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालको आगामी १६ गते हुने निर्वाचनको लागि सर्बसहमतिय नेतृत्व खोज्नको लागि एकपक्षिय, द्धिपक्षीय बैठक छलफलले तिव्रता पाएको छ ।

हिजोमात्र नेकपा माओवादी केन्द्रका अध्यक्षका प्रत्यासी उमेद्धवार कमल सापकोटाको नेतृत्वमा जानको लागि पर्यटन कांग्रेस निकट निट नेपाल र नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघले संकेत दिएपछि सर्वसहमतिको संभावना बढ्दै गएको छ ।
पर्यटन नेकपा एमालेका वार्ता कमिटि संयोजक राजेन्द्रप्रसाद सापकोटाले समेत कमल सापकोटाको सहमतिय नेतृत्वमा जानको लागि आफुलाई आपत्ति नभएको बताउनुभएको छ ।  
गन्तव्य नेपालसँग कुराकानी गर्दै सापकोटाले आफुले पनि भिटोफमा सहमतिय नेतृत्व खोजिरहेको प्रति संकेत गर्दै सवै पार्टिका पर्यटन संगठनहरु यसमा लाग्नुपर्ने बताउनुभयो ।
एक अर्को प्रशंगमा भिटोफ नेपाल सानो संस्था र भर्खरै जुर्मुराउन खोजेको संस्था भएकाले यसमा खिचातानि गर्नुको कुनै अर्थ नरहेको बताउँदै सहमतिय नेतृत्वको लागि पर्यटन नेकपा एमाले तयार रहेको र आफ्नो संगठनलाई बायस गर्ने प्रयास भए निर्वाचनमा जान पनि तयार रहेको प्रतिक्रिया दिनुभयो ।
यता पर्यटन नयाँ शक्ति नेपालका अध्यक्षका प्रत्यासी राम घलेले भने सहमति हुन्छ भने आफुहरु बाधक नभएको बताउँदै सहमति हुनेमा शंका रहेको बताउनुभयो ।
उहाँले आफ्नो नेतृत्वमा भिटोफमा जानुपर्ने पनि बताउनुभयो ।
नयाँ शक्ति नेपालसँग अन्तिम वार्ता केही वेरमा हुने पनि अन्य ३ संगठनका संयोजकहरुले बताएका छन ।

 

तपाईंको बिचार