Thursday, March 23, 2017  |    

भिटोफ नेपालमा कमल सापकोटाको नेतृत्वमा सर्वपक्षिय सहमती

प्रकाशित मिति: 2016/07/26

साउन ११, काठमाडौं । गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल)को  यहि साउन १६ गते हुन लागेको साधारणसभा संगै हुन गइरहेको  निर्वाचनमा अन्ततः सहमति जुटेको छ । आज ठमेल पर्यटन विकास परिषद्को कार्यलयमा बसेको ५ ओटै राजनीतिक दल सम्बद्ध पर्यटन संघका वार्ता कमिटी संयोजकको बैठकले पर्यटन नेकपा माओवादी केन्द्र निकट कमल सापकोटालाई भिटोफको अध्यक्ष बनाउने निर्णय सहितको सहमती गरेका छन् । बैठकले कमल सापकोटको नेतृत्वमा पदिय भागवण्डा सहितको सहमती गरेको हो । 


नेकपा माओवादी केन्द्रलाई अध्यक्ष सहित २ सदस्य, नेपाली कांग्रेस निकट निट नेपाललाई कोषाध्यक्ष, सह कोषाध्यक्ष सहित १ सदस्य प्रदान गर्ने सहमती भएको छ । भने नयाँ शक्ति नेपाललाई प्रथम उपाध्यक्ष सहित १ सदस्य, पर्यटन एमालेललाई दित्तिय उपाध्यक्ष, महासचिव सहित २ सदस्य र नेपाली कांग्रेस निकट लोकतान्त्रिकलाई सचिव सहित १ सदस्य प्रदान गर्ने निर्णय सहित सहमती भएको छ । 


वार्ता कमिटी बैठकमा पर्यटन एमालेका तर्फबाट राजेन्द्रप्रसाद सापकोटा, निट नेपालका तर्फबाट बलराम न्यौपाने, पर्यटन माओवादि केन्द्रका तर्फबाट बोधराज भण्डारी, पर्यटन नयाँ शक्तिका तर्फबाट सागर पाण्डे र कांग्रेस लोकतान्त्रिकका तर्फबाट रामशरण थपलिया सम्मिलीत टोलीले उक्त निर्णय गरेको हो । अन्ततः भिटोफमा कमल सापकोटको नेतृत्व आउने निश्चत प्राय भएको छ ।    
   
  

 

तपाईंको बिचार