Sunday, March 26, 2017  |    

भिटोफ नेपालको अध्यक्षमा कमल सापकोटा निर्विरोध, आधिकारीक घोषणा १६ गते

प्रकाशित मिति: 2016/07/26

साउन ११ , काठमाडौं । गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल)को  यहि साउन १६ गते हुन लागेको साधारणसभा संगै हुन गइरहेको निर्वाचनको लागि आज मनोनयन दर्ता भएको छ ।      

अध्यक्षमा कमल सापकोटा, प्रथम उपाध्यक्षमा राम घले,  दृत्तिय उपाध्यक्षमा दिपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सचिवमा जस्था पाण्डे र आशुतोष प्रधान, कोषाध्यक्षमा दिपक खनाल र गगनराज न्यौपाने, सह कोषाध्यक्षमा कृष्ण बहादुर सुवेदीले मनोनयन दर्ता गराउनुभएको छ ।  
 त्यसैगरि सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ कुल प्रसाद सुवेदी, जंग बहादुर लामा र प्रकाश अर्यालले मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ताको लागि आज साढे ४ बजे सम्मको समय तोकिएको थियो । 

सचिव र कोषाध्यक्ष पदबाहेक सबै पदमा निर्विरोध हुने पक्का भएको छ भने सचिव र कोषाध्यक्ष पदमा दुई–दुई जनाको उम्मेदवारी परेपनि आज बिहान भएको पर्यटन राजनीतिक संगठनको समझदारी अनुसार भोली १२ गते साढे चार बजेसम्म कुनै दूई जना निर्विरोध हुने पनि बुझिएको छ ।  
दुई जना सदस्य मनोनित भने निर्वाचित कार्यसमितीले गर्ने प्रावधान रहेको छ । 

 

   

तपाईंको बिचार