Friday, October 20, 2017

घनप्रसाद दवाडी अमेरिकाको सान्फ्रान्सिस्को लागि पर्यटनदूतमा नियुक्त

प्रकाशित मिति: 2016/07/27

साउन १२, अमेरिका – नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को क्षेत्रको लागि पर्यटनदूतमा घनप्रसाद दवाडी लाई नियुक्त गरेको छ ।
गोर्खा जिल्ला घर भएका दवाडी हाल अमेरिकाको सान्फ्रान्सिस्को  क्यालिफोर्नियामा बस्दै आएका छन ।
पर्यटन मन्त्रालयको सिफारिसमा नेपाल पर्यटन बोर्डले दवाडीलाई आउँदो दुई वर्षका लागि पर्यटनदूत नियुक्त गरेको हो ।
पच्चीस वर्ष देखी पर्यटन व्यबसायमा संलग्न भएका प्रतिष्ठित पर्यटन व्यवसायी तथा अमेरिकामा समाजसेवी को रुपमा चर्चित दवाडीलाई संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि नेपाल पर्यटन बोर्डले पर्यटनदूत नियुक्त गरेको छ । आफूलाई २ वर्षको लागि नियुक्त गरि नेपालको पर्यटन विस्तार तथा प्रबद्र्धन गर्ने अवसर दिएकोमा दवाडीले पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र नेपाल सरकार प्रति आभार व्यक्त गरेका छन् ।
साथै आफूप्रती विश्वास गरी नेपाल सरकारले दिइएको जिम्मेवारी पुरा गर्न सधै प्रयासरत रहने प्रण गरेका छन् ।  दवाडीले अमेरिकामा लामो समय देखि व्यवसाय संचालन गरिरहेका छन् । ‘अमेरिकाबाट नेपाल जाने पर्यटक बढाउने र अमेरिकाका उत्तर पूर्बी राज्यहरुमा नेपाल संबन्धित प्रचारात्मक गतिविधि विस्तार गर्ने जिम्मेवारी नेपाल सरकारले दिएको छ । दवाडीले नेपाल पर्यटन बोर्डको लोगो प्रयोग गर्दै अमेरिकामा नेपालको पर्यटन प्रवद्र्धनको गतिविधि सञ्चालन गर्नेछन् । यसैबीच वाणिज्यदूत ऋषी ढकाल लगायत अमेरिका र नेपालका विभिन्न संघ संस्थाले पर्यटन बोर्डमा नियुक्त दवाडीलाई बधाई दिएका छन् ।
 

 

तपाईंको बिचार