Thursday, March 23, 2017  |    

स्थलमार्गबाट पर्यटक आगमन ३५ प्रतिशतले घट्यो

प्रकाशित मिति: 2016/07/28

साउन १३, काठमाडौं । नेपालमा स्थलमार्गबाट सन् २०१५मा  विभिन्न नाकाबाट नेपाल आउने पर्यटकको संख्यमा कमि आएको छ । सन् २०१४को तुलनाम २०१५ मा  स्थलमार्गबाट आउने पर्यटकको संख्यामा ३५ प्रतिशतले गिरावट आएको छ । सन् २०१४मा स्थलमार्गबाट २ लाख चार हजार १३७ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०१५मा एक लाख ३२ हजार ९७५ पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जानकारी दिएको छ । 

नेपालमा स्थलमार्गबाट आउने ७ वटा नाका छन् । स्थलमार्गबाट भैरहवाबाट  सबैभन्दा धेरै १२ हजार ६३७ र्पटक भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भैरहवाको बाटो हुँदै ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।

चीनसँग जोडिएको कोदारी नाकाबाट २०१५मा एउटा पनि पर्यटक आएका छैनन् । भूकम्पका कारण तातोपानी–खासा सडक बन्द भएपछि यहाँबाट पर्यटक आउन नसकेको विभागले अनुमान गरेको छ  ।  विगतका बर्षहरुमा धेरै चिनियाँ पर्यटक कोदारी नाका हुँदै नेपाल आउने गर्थे ।

पूर्वको काकडभिट्टा नाकाबाट २०१५ मा आठ हजार ९२१ पर्यटक भित्रिएको विभागको तथ्यांकमा छ । त्यस्तै, पश्चिमको महेन्द्रनगरबाट १९ सय ५२ जना, वीरगञ्जबाट ९०६, नेपालगञ्जबाट ५१३, धनगढीबाट ४६ पर्यटक नेपाल भित्रिएका छन् ।
यस अवधिमा नेपाल आउने कुल पर्यटक संख्या ३२ प्रतिशतले घटेको अध्यागमन विभागको तथ्याङकंले देखाएको छ । २०१५ मा विमानबाट आउने पर्यटकको संख्या पनि ३१ प्रतिशतले घटेको छ । यस अवधिमा पाँच लाख ३८ हजार ९७० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

तपाईंको बिचार