Wednesday, August 23, 2017

भिटोफको २०औँ बार्षिक साधारसभाको सम्पुर्ण तयारी पुरा

प्रकाशित मिति: 2016/07/28

साउन १३, काठमाडौं । गाउँ पर्यटन प्रर्वद्धन मञ्च(भिटोफ नेपाल)को यहि साउन १६ गते हुन गइरहको २०औँ साधारण सभासंगै हुन लागेको निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । भिटोफका महासचिव राजकुमार थापाले कार्यक्रमलाई सफल बनाउनको लागि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभएको छ । 


साउन १६ गते क्षेत्रपाटी पार्टी प्यालेसमा हुन लागेको कार्यक्रमको पहिलो चरणमा गाउँ पर्यटन (भिटोफ) दिवस मनाइने थापाले जानकारी दिनुभयो । साथै गाउँ पर्यटनलाई बढवा दिने उदेश्यले तयार परिएको वृत चित्र प्रर्दशन गर्दै पश्चिम नेपालका राना थारुको संस्कृती प्रस्तुत गरिने थापाले बताउनुभयो । 
संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको प्रमुख आथित्यतामा सम्पन्न हुने कार्यक्रमको दोस्रो चरणमा पर्यटनको विकासमा योगदान पु¥याएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने बताउनुभयो । त्यस्तै कार्यक्रममा  सर्वसहमतिबाट निर्वाचित नयाँ कार्यसमिति सार्वजनीक गर्ने समेत कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । 

 

तपाईंको बिचार