Tuesday, August 22, 2017

भिटोफमा कमल सापकोटाको नेतृत्वमा सम्पुर्ण कार्यसमिति निर्विरोध, आधिकारीक घोषणा १६ गते हुने

प्रकाशित मिति: 2016/07/28

साउन१३ , काठमाडौं । गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल)को यहि साउन १६ गते हुन लागेको २० औँ साधारणसभा संगै हुन गइरहेको निर्वाचनमा सम्पुर्ण कार्यसमिती निर्विरोध निर्वाचित भएको छ । 


हिजो साँझ साढे ६ बजेसम्म मनोनयन दर्ता फिर्ता लिने कार्यक्रम रहेकोमा सचिव र कोषाध्यक्ष पदमा दुई दूई ओटा उम्मेदवारी परेको थियो । तर पछि सचिवका दावेदार आशुतोष प्रधानले उम्मेदवारी फिर्ता लिएपछि उत्त पदका अर्का उम्मेदवार  जस्फा पाण्डे निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै कोषाध्यक्ष पदका लागि पनि दुई ओटा उम्मेदवारी परेका थिए जसमा दिपक खनालले उम्मेदवारी फिर्ता लिएपछि उत्त पदका अर्का उम्मेदवार गगनराज न्यौपाने निर्विरोध निर्वाचित भएका हुन् ।    
 

कमल सापकोटाको नेतृत्वको नव निर्वाचित कार्यसमितीमा प्रथम उपाध्यक्षमा राम घले,  दृत्तिय उपाध्यक्षमा दिपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सचिवमा जस्था पाण्डे, कोषाध्यक्षमा गगनराज न्यौपाने, सह कोषाध्यक्षमा कृष्ण बहादुर सुवेदी निर्विरोध निर्वाचित भएका हुन ।    
 त्यसैगरि सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ कुल प्रसाद सुवेदी, जंग बहादुर लामा र प्रकाश अर्याल पनि निर्विरोध  निर्वाचित भएका छन् ।
दुई जना सदस्य मनोनित भने  निर्वाचित कार्यसमितीले गर्ने प्रावधान रहेको छ । 
 

 

तपाईंको बिचार