Thursday, March 30, 2017  |    

उपत्यकाका सम्पदालाई हाल खतराको सूचीमा नराख्ने युनेस्कोको निर्णय

प्रकाशित मिति: 2016/07/28

साउन १३, काठमाडौं । ०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पमा परि क्षति पुगेका विश्व सम्पदा सूचीमा समावेस भएका सम्पदाहरु २ बर्ष बितिसक्दा पनि पुनः निर्माण हुन नभएपछि युनेस्कोले उपत्यकालाई खतराको सूचीमा राख्ने बताएको थियो । तर यो निर्णय  अन्तिम समयमा आएर रोकिएको छ ।  
टर्कीको राजधानी स्तानबुलमा असार २६ देखि साउन ५ गतेसम्म चलेको चलेको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ (युनोस्को)को विश्वसम्पदासम्बन्धी ४०औं सम्मेलनमा यसपटक भूकम्प गएको दुई वर्षसम्म पनि विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदाहरु पुनःनिर्माण हुन नसकेको विषयले प्रमुखता पाएको थियो  ।


युनेस्कोको ब्युरो कमिटीमा रहेका २१ मध्ये १८ राष्ट्रले नेपालप्रति सहानुभूति राखेर नेपाललाई एक मौका दिने पक्षमा देखिएका थिए ।   तर लेवनान, पोल्यान्ड तथा पोर्चुगलले नेपाललाई खतराको सूचीमा राख्नुपर्नेमा जोड दिएका थिए ।

नेपालको पछिल्लो अवस्था, पुनःनिर्माणका लागि आर्थिक स्रोत जुटाउन भैरहेको कठीनाइलगायतका विभिन्न बाध्यताको विषयमा नेपाली टोलीले जानकारी गराएपछि तत्कालका लागि युनेस्कोले नेपाललाई खतराको सूचीमा नरनख्ने निर्णय गरेको सम्मेलनमा सहभागी भएका पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
 उपत्यकाभित्र विश्वसम्पदा सूचीमा सूचीकृत ७ सम्पदा छन् ।  यि मध्ये अधिकांश सम्पदा क्षतिगैस्त छन् ।  
विभागले सबै सम्पदाको पुनःनिर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा भएको  बताएको छ ।  

तपाईंको बिचार