Monday, July 24, 2017  |    

आज भोटे जात्रा उपत्यकामा सार्वजनिक बिदा

प्रकाशित मिति: 2016/07/29

साउन १४, काठमाडौं । रातो मच्छेन्द्रनाथको रथ तानेर ललितपुरको थटिटोलबाट जावलाखेल पुगेको चौथो दिन भोटो जात्रा देखाउने चलन छ। यस वर्षको भोटो जात्रा शुक्रबार देखाइँदैछ।

वर्षा र सहकालका देवता मानिने रातो मच्छेन्द्रनाथको रथ यात्रा एक हजार तीन यस वर्ष अघिदेखि सुरु भएको हो। भोटो जात्रामा देखाइने भोटो सम्बन्धी किम्बदन्ती भने यस्तो छ । 

यात्रा सुरु भएपछि टौदहलाई राजधानी बनाएर नागराज्य चलाएका राजा कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटकले उपचारका लागि वैद्यको खोजी गरे। खेतमा काम गरिरहेका किसानलाई लगेर उपचार गर्न अनुरोध गरे। किसानले हातको मयल माडेर औषधिका रुपमा रानीको आँखामा हालिदिए। भाग्यवश आँखा निको भयो। खुसी भएका नागराजले किसानलाई हीरा जडित भोटो दिएर पठाए। 

किसानले खेतको डिलमा भोटो राखेर काम गर्न थाले। एउटा भूतले आएर भोटो लग्यो। त्यसको भोलिपल्ट रातो मच्छिन्द्रनाथको रथ यात्रा हेर्न किसान थटिटोल जाँदा भूतले भोटो लगाएर आएको देखेपछि दुवैबीच झगडा भएकाले मच्छिन्द्रनाथको जिम्मा लगाइयो। 
त्यसबेलाका राजाले भोटोको प्रमाणसहित लिन आउनु भनी रथ जावलाखेल र्पुयाएको चौथो दिन भोटो देखाउने चलन चल्दै आएको छ।

साउन ११ गते थटिटोलबाट जावलाखेल रथ  पु¥याएको चौथो शुक्रबार भोटो देखाइँदैछ। भोटो जात्राको अवसर पारेर सरकारले शुक्रबार राजधानी उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

तपाईंको बिचार